काठमाडौँ, १८ वैशाख। बाल साहित्यकार विनयकुमार कसजुलाई एक लाख राशिको राष्ट्रिय बाल साहित्य पुरस्कार प्रदान गरिएको छ।
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले उनलाई बुधबार उक्त पुरस्कारसहित सम्मान गरेको हो। शताब्दी पुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाएर उनलाई पुरस्कार प्रदान गरे।
कार्यक्रममा १ सय वर्ष प्रवेश गर्न लागेका अवसरमा शताब्दी पुरुष जोशीलाई दोसल्ला ओढाएर कदरपत्रले अभिनन्दन गरिएको थियो। उनलाई गुठीका अध्यक्ष प्रा डा चूँडामणि बन्धुले अभिनन्दन गरे। गुठीले लुम्बिनी अञ्चलस्तरीय लोकगायक पुरस्कारबाट नवलपरासीका तेजबहादुर केसी, राष्ट्रिय लोकगायक नवप्रतिभा पुरस्कारबाट बाग्लुङका निरु श्रीष र लुम्बिनी अञ्चलस्तरीय साहित्य नवप्रतिभा पुरस्कारबाट रुपन्देहीका अस्मित रेग्मीलाई सम्मान गरेको थियो। उक्त पुरस्कारको राशि क्रमशः ३० हजार, २५ हजार र २० हजार रहेको छ।
शताब्दी पुरुष जोशीले संस्थापक स्व गङ्गा राणा र नूरप्रताप जबराको योगदानका बारेमा चर्चा गर्दै यस्तो सम्मानले कलाकार तथा साहित्यकारलाई हौसला मिल्ने बताए।
गुठीका संरक्षक अमीरप्रताप जबराले मातापिताको सदीक्षाबमोजिम गुठीलाई आगामी दिनमा अझै विस्तार गर्दै लैजाने बताए। विसं २०४९ मा लोक गायिका गङ्गा राणा र साहित्यकार नूरप्रताप जबराले गुठी स्थापना गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान
मदन पुरस्कारका लागि ५ पुस्तक छनोट
कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले
साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान
नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१