लमजुङ, ९ बैशाख। लमजुङमा सञ्चालन गरिएको उत्तरकन्या युनाइटेड स्मार्ट भिलेज गोल्डकपको उपाधि घनपोखरा युवाक्लवले पाएको छ। क्ह्वोलासोँथर गाउँपालिका– ३ घलेगाउँमा संचालित उत्तरकन्या युनाईटेड स्मार्ट भिलेज गोल्डकपको उपाधि घनपोखरा युवाक्लब घनपोखराले जितेको हो।
घनपोखरा युवाक्लब घनपोखरा र बेसीशहर युथ सोसाईटी शेरा बीच भएको फाइनल खेलमा शून्यका विरुद्ध एक गोल गर्दै घनपोखरा युवाक्लब घनपोखराले उपाधि हासिल गरेको हो। उपाधिसँगै घनपोखरा युवाक्लब घनपोखराले नगद एक लाख ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको छ। उपविजेता बेसीशहर युथ सोसाईटिले नगद एक लाख रुपैयाँ र प्रमाण पएको छ।
नयाँबर्षको अबसर पारेर उत्तरकन्या युनाइटेड स्मार्ट भिलेज गोल्ड कपको पहिलो संस्करण आयोजना गरीएको आयोजक उत्तरकन्या युनाइटेड क्लबका अध्यक्ष वेलराम घलेले बताए। प्रतियोगितामा घनपोखरा युवाक्लबका नवराज गुरुङले खेल अवधिभर ६ गोल गरी सर्वाधिक गोलकर्ता घोषित भएका छन्। बेसीशहर युथ सोसाईटीका सविन थापा उत्कृष्ट खेलाडी घोषित भए।
सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद ७/७ हजार रुपैयाँ मेडल र प्रमाण पत्रप्रदान गरीएको क्लबका सदस्य उमलविक ले जानकारी दिनुभयो। नेपालकै पहिलो स्मार्ट भिलेज पर्यटकीय गाउँ घलेगाउँको खेल मैदानमा संचालन गरीएको खेलमा १८ टिमले भाग लिएको आयोजक क्लबका अध्यक्ष वेलराम घले बताए।
विजयी टिमलाई क्ह्वोलासोँथार गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले, वडा नं ३ का वडा अध्यक्ष खर्कजंग गुरुङ, युवातथा खेलकुद विकास समिति क्ह्वोलासोँथारका अध्यक्ष गंगा घले, क्लबका अध्यक्ष वलराम घलेले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुवाथाइको समर क्याम्प
मुवाथाइको समर क्याम्प
पोखरा १४ लाई फुटबल उपाधि
मुवाथाई सिकाइँदै
प्रदेशस्तरीय एसइई फुटसल
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०