दमौली, ४ वैशाख । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको एघारौँ खैरेनीटार महोत्सव साढे तीन करोडको कारोवार गर्दै मङ्गलबार समापन भएको छ ।
चैतेदशैँको अवसर पारेर गत चैत २२ गतेदेखि शुरु भएको महोत्सवमा तीन करोड ४७ लाख रुपैयाँ आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए । उनका अनुसार एक लाख ७९ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘कृषि तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने उद्देश्यसहित बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवबाट हुने मुनाफाबाट सामाजिक विकास कोष निर्माण गरी उक्त कोषको रकम समाजसेवामा खर्च गरिने बजार एकाइका सभापति पूर्णबहादुर कायस्थले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुतिका साथै मनोरञ्नात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । महोत्सवको अवसरमा दगाम, भुजिकोट, सिद्धगुफ, धन्दुर गुफा, तीनखोले, भुलभुले, ढोरबाराही मन्दिरको दर्शन अवलोकन तथा पदयात्रा गराइएको थियो ।
Related News
सम्बन्धित समाचार
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
कालीगण्डकी दोहन रोक्न साझा पहल
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९