हेटौंडामा बर्ड फ्लु भेटियो

एजेन्सी
चैत्र १, २०७५
Mike-Bosch-2
  •  हेटौंडामा बर्ड फ्लु, नियन्त्रण गर्न कुखुरा, अण्डा र सुलीसमेत निकासीमा प्रतिवन्ध
  •  फ्लु संक्रमित क्षेत्रमा करिब ५० जना किसानले पालेको १ लाख लेर्यस कुखुरा नष्ट हुने
  • बर्डफ्लु प्रमाणित भएपछि स्थानीय प्रशासनले संक्रमित क्षेत्रमा शील

हेटौंडा, १चैत । मकवानपुर जिल्लाको हेटौंडामा बर्ड फ्लु भेटिएको छ । हेटौंडा उप–महानगरपालिका–७ नागस्वती स्थित कुलप्रसाद चौलागाईको कमर्सियल लेयर्स फर्मको कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु भेटिएको हो ।

कुखुरा मर्न थालेपछि फागुन १३ गते आएको स्थानीय प्रशासन र भेटरीनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्रको टोलीले गरेको नमुना संकलन परीक्षणका क्रममा बर्डफ्लु प्रमाणित भएको हो । बर्डफ्लु प्रमाणित भएपछि स्थानीय प्रशासनले संक्रमित क्षेत्रमा शील गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बर्ड फ्लुको नतिजा प्राप्त भएको भन्दै उक्त कुखुरा फर्मको चारकिल्ला किटान गरी रोग नियन्त्रण गर्न कुखुरा, अण्डा र सुलीसमेत निकासीमा प्रतिवन्ध लगाएको छ ।

नागश्वती क्षेत्रमा रहेका कुखुराको लगत संकलन गर्न गएको टोली र स्थानीय किसानबीच विवादपछि टोली बिहीबार साँझ त्यसै फर्किएको बताइएको छ । फ्लु संक्रमित क्षेत्रमा करिब ५० जना किसानले पालेको १ लाख लेर्यस कुखुरा नष्ट हुने पशु कार्यालयले जनाएको छ । किसानको खोरमा फागुन १३ मा पुगेको टोलीले ५ किसानको खोरबाट १० वटा कुखुराको ¥याल संकलन गरी परीक्षणका लागि केन्द्र र चितवन पठाइएको थियो ।

संक्रमणका कारण किसान दीपेन्द्र गौतमले सञ्चालन गरेको डीएस पोल्ट्री फर्म, नवराज सिलवाल र कुवेरप्रसाद चौलागाई, अनिष पोल्ट्री फर्म र दुर्गा महतको खोरबाट नमुना संकलन गरेको हो ।

गौतमले सञ्चालन गरेको खोरमा २ हजार ८ सय चल्ला हालिएकोमा ७ सय, सिलवालले ४ हजार पालेकोमा २५ सय, चौलागाईले २४ सय र अनिष पोल्ट्रीको ६ हजार र महतको खोरबाट अण्डा दिने अवस्थाका कुखुरा मरेको थियो । संक्रमणको कारण रामबहादुर गौतमले पालेको ३ हजार कुखुरा सबै मरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width