मालेपाटन–महेन्द्रगुफा ज्येष्ठ नागरिक पदयात्रा

आदर्श समाज सम्वाददाता
पौष १०, २०७५

पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं. ५ ज्येष्ठ नागरिक क्लबले एक सय जना ज्येष्ठ नागरिकहरुलाई मालेपाटन–महेन्द्रगुफासम्मको पदयात्रा गराएका छन् ।

सामाजिक विकासमन्त्री नरदेवी पुनद्वारा उद्घाटन गर्दै पदयात्राको क्रममा ज्येष्ठ नागरिक क्लबका अध्यक्ष विश्वनाथ पराजुलीलाई राष्ट्रिय झण्डा प्रदान गरेकी थिइन् । पदयात्राका क्रममा विन्ध्यवासिनीपार्कमा वडा नं. २ का अध्यक्ष रामेश्वर मल्ल, साहित्यकार तीर्थ श्रेष्ठ, सेती नदी केआइसिंह पुलमा वडा नं. १ का अध्यक्ष शारदा पराजुली, समाजशास्त्री विश्वकल्याण पराजुली, कृष्णप्रसाद बराल, महेन्द्रगुफामा वडा नं. १६ का अध्यक्ष जीवन आचार्यले ज्येष्ठ नागरिकहरुको सम्मानमा जलपान एवं फलफूल प्रदान गरेका थिए ।

ज्येष्ठ नागरिकहरुले पोखराको पुरानो बजार बागबजार, महेन्द्रगुफा अवलोकन गरे । पोखरा–१६ मैदानमा गन्धर्व समुदायले पदयात्रीहरुलाई स्वागत गरेका थिए । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, प्रदेश सांसद् कृष्ण थापालगायतले पदयात्रीहरुलाई शुभकामना व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपाली, सदस्यहरु अञ्जु के.सी., हरिमाया विश्वकर्मा, उज्ज्वल खत्रीलगायतले ज्येष्ठ नागरिकको पदयात्रा कार्यक्रमले ज्येष्ठ नागरिकहरु स्वस्थ छन् भन्ने सन्देश दिएको बताउँदै स्थानीय सरकारले उनीहरुको सुरक्षा, रमणीय मनोरञ्जनको वातावरणका लागि काम गने बताए ।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width