पोखरा, ९ मंसिर । पोखरा रंगशालाको नवनिर्मित हृयाण्डबल एकेडेमीमा नेपालस्थित जाइका स्वयंसेवक टोली र नेपाली पूर्व तथा राष्ट्रिय हृयण्डबल सम्मिलित खेलाडीबीच मैत्रीपूर्ण हृयाण्डबल भएको छ।
खेलमा नेपाली खेलाडीहरुले १३ गोल गरे भने जाइका स्वयंसेवक टोली १२ गोल गर्न सफल रहे। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यमा राजेश गुरुङले हृयाण्डबल एकेडेमीको थप आवश्यक पूर्वाधार सम्पन्न गर्न र मैदानभित्र फलोड्लाइटको व्यवस्था गर्न पहल गर्ने बताएका छन। उनले पोखरा रंगशालामा आवश्यक अन्य अन्तर्राष्ट्रियस्तरका पूर्वाधारको कामलाई व्यवस्थित बनाउँदै लैजाने बताए।
नेपाल हृयाण्डबल संघका अध्यक्ष तेज गुरुङले नेपालमा हृयाण्डबल खेलको विकासलाई अगाडि बढाउन हृयाण्डबलका पूर्वाधार विकास एवं प्रतियोगिता निरन्तर गर्न संघ प्रयत्नशील रहेको बताए।
जाइकास्थित खेलकुद स्वयंसेवक कार्यक्रमका संयोजक तानाका तेपेइले जाइकाले नेपालको विकासमा ४८ वर्षदेखि निरन्तर काम गरिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, कृषि र समुदायमा आधारित कार्यक्रमलाई विशेष जोड दिएर सहयोग गरिरहेको बताए।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यमा राजेश गुरुङ र प्याब्सन कास्कीका नवनिर्वाचित कोषाध्यक्ष श्रीकृष्ण अधिकारीलाई समेत सम्मान गरिएको थियो।
संघका अध्यक्ष क्या जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, जाइका हृयाण्डबल प्रशिक्षक केन्जी इशिहारा, संघका प्रथम उपाध्यक्ष चित्र थापा र सचिव टेक गुरुङले समेत मन्तब्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९