पोखरा, २७ असोज । नेपाली गीत-संगीत सर्म्बर्द्धन, पर्वद्धन, विकास, संरक्षण गर्ने उद्देश्यसहित पोखरामा ‘अन्तर्राष्ट्रिय नेपाली गीत संगीत मञ्च’ गठन गरिएको छ।
पोखराकै संगीत लेखन र नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सम्पन्न भेलाले संगीतकार नवराज बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा संगीतकार बीबी अनुरागी, महासचिवमा गीतकार सुमन श्रापित, सचिवमा गायक सन्तोष बस्याल, कोषाध्यक्षमा सानु जोजिजू र सहकोषाध्यक्षमा नृत्य निर्देशक जसु गुरुङ रहेका छन् ।
यस्तै, सदस्यमा विश्वराज रसाइली, श्रीमान थुलुङ, शारदा भट्टराई, खिमकुमार गुरुङ र तुलसी जिसी चयन भएका छन्।
नेपाली गीत संगीतमा अनवरत रुपमा लागेका देश विदेशका सर्जकसँग सम्बन्ध स्थापित गरी नेपाली गीत संगीत अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य सहित संस्थाको स्थापना गरिएको अध्यक्ष बरालले बताए। गायन, बाधन, लेखन, संगीत र नृत्य सम्पूण्ा विधा समेट्ने गरी एउटै संगठनमा सबै सर्जक अटाउने उनको भनाइ थियो। महासचिव श्रापितले देश-विदेशका विभिन्न ठाउँमा मञ्च शाखा-उपशाखा खोलेर सर्जकको अपनत्व हुने गरी समिति गठन गरिने बताए ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९