लेखनाथ, १४ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ ।
पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले एक कार्यक्रमकाबीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गरेकी हुन्।
वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरी विद्यालयबाहिर नरहेको घोषणा गरिएको हो । घोषणासभामा कार्यबाहक प्रमुख गुरुङले विद्यालय ६ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिन् ।
घोषणा कार्यक्रमपछि बोल्दै उप प्रमुख गुरुङ बालबालिकालाई विद्यालयमा भर्ना भएको घोषणा भन्दा उनीहरुलाई विद्यायमा टिकाउनु चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘घोषणा ठूलो कुरा हैन्, यसको निरन्तरता चुनौतीपूर्ण छ । बालबालिकालाई विद्यालयमा टिकाउन सवैले जिम्मेवारी र दायित्व पुरा गर्नुपर्छ।
महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न बालमैत्री कक्षाकोठा निर्माणमा जोड दिए । जनकल्याण सिकाई अध्ययन केन्द्रका अध्यक्ष टिकाराम पंगेनीले सिकाई केन्द्रले अनौपचारीक शिक्षामा ठूलो भुमिका खेलेको बताउदै बालबालिकालाई विद्यालयमा आउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।
वडा नम्वर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोगन माध्यमिक विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, ब्रहृमारुपा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डित र विष्णुप्रसाद तिवारीलगायतले बालबालिकालाई विद्यालयमा टिकाउन सवैको सहयोग र साथ चाहिने बताए ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९