पोखरा ४, असोज। कृपालुजी महाराजकी कृपापात्र प्रचारिका श्रीश्वरी देवीको दार्शनिक प्रवचन पोखरामा बिहीबार सुरु भयो।
पोखरा-११, फूलबारी स्थित रामेश्वर मन्दिरमा आयोजित उक्त कार्यक्रम असोज १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमको शुभारम्भको अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सत्स·बाट नै सत्मार्ग प्राप्त गर्न सकिने बताए।
कृपालुजी महाराजको प्रवचन आफूले पनि सुन्ने गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले श्रीश्वरीको प्रवचनबाट पनि धेरै भन्दा धेरै लाभान्वित हुन सक्ने धारणा राखे।
खुशी आफै भित्र छ, उनले भने-“ज्ञान र साधनाबाट नै आनन्द प्राप्त गर्न सकिन्छ”।
उनले रामेश्वर मन्दिरको पुनः निर्माण गर्न र राम्रो पार्क बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेश सभासद मीना गुरुङले सबैले आÇनै घरलाई पवित्र मन्दिर बनाउनु पर्नेमा जोड दिँदै पवित्र कार्यमा सहभागी हुन पाउनु अवसर भएको बताइन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. टुवराज शर्मा बास्तोलाले प्रवचन कार्यक्रममा नियमित सहभागी हुन सबैलाई आग्रह गरे।
त्यसअघि मन्दिरका अध्यक्ष वेदराज बास्तोलाले प्रमुख अतिथि, अतिथिलाई सम्मान गरेका थिए।
कार्यक्रमको सञ्चालन ऋषभ बास्तोलाले गरेका थिए।
सबैको लक्ष्य आनन्द प्राप्ति
कृपालुजी महाराजकी कृपापात्र प्रचारिका श्रीश्वर देवीले भगवान नै आनन्द हो र भागवत भक्तिबाट नै आनन्द प्राप्त हुने बताएकी छन्।
बिहीबार प्रवचन शुभारम्भ गर्दै उनले हामी को हौ, के चाहान्छौ र त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने तीन प्रश्न महत्वम्पूर्ण रहेको र आनन्द प्राप्त नै सबैको लक्ष्य रहेको बताइन्।
मानव देह दुर्लभ रहेको उल्लेख गर्दै उनले यस अवसरमा पनि ज्ञान लिन चुक्दा जन्म मरणको चक्करमा परिरहनु पर्ने बताइन्।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
कौसी खेतीमा पोखरा महानगरको जोड
चापापानी टोल विकासमा प्रेम
सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी
सेतीकालीको प्रथम मुखपत्र विमोचन
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०