लेखनाथ, २ असोज। बेगनासतालमा भदौ २३ मा ८ जनाको ज्यान जाने गरी भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा मंगलबार शोकसभा गरिएको छ।
दिवंगतको ११ औं दिनको पुण्य तिथिमा बेगनासताल डुंगा ब्यवासायी समितिले ताल किनारामा आयोजना गरेको शोक सभामा बोल्ने वक्ताले सावधानी नअनाउँदा भएको मानवीय क्षत्रि्रति दुःख ब्यक्त गर्दै आगामी दिनमा यात्रु सुरक्षाका लागि होशियारी अपनाउनु पर्ने सुझाव राखेका थिए।
इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बरालले तालमा जुनसुकै यात्रुले यात्रा गरे पनि त्यसको सुरक्षा दिन काम समितिको भएकाले डुंगा चढ्दा अपनाउनु पर्ने होशियारी ल्याफ ज्याकेट अनिवार्य गर्न समितिलाई कर्डाईका साथ निर्देशन दिए । उनले डुंगाको क्षमता, यात्रु संख्या, कुशल चालक लगायत डुंगाको अवस्थाबारे पनि ख्याल गरेरमात्र सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका थिए। पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारीले बेगनासतालको पर्यटन विकासमा डुंगा व्यवसायीहरुको ठूलो हात भएकाले समय अनुसार डुंगाको गुणस्तरलाई परिवर्तन गर्दै दुर्घटनालााई न्यूनीकरण गर्ने उपायबारे सचेत हुन आग्रह गरेका थिए। समिति अध्यक्ष सोमराज कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा ३१ का वडासदस्य विष्णुबहादुर भुजेल, बेगनास युवा क्लबका अध्यक्ष रामवहादुर रानाभाट, बेगनासताल आमा समूहकी अध्यक्ष दुर्गा अधिकारी, परिवारको तर्फबाट सीताराम कँडेल र सचिव पुष्पराज पाण्डे लगायतले दिवंगत आत्मा चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए।
डुंगा दुर्घटनामा परी गैंडाकोटका रवि खनाल, उनका छोराहरु शंकर खनाल र शिव खनाल साथै प्राचीन पौडेल, रञ्जित गैहै, मनिषा बजगाई, कृष्णकुमारी बजगाई र जमुना कँडेलको मृत्यु भएको हो। दुर्घटनापछि उद्धारक्रममा बेहोस भई तालमा खसेका कमल कँडेलको काठमाडौंमा उपचार भइरहेको छ।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
लायन्स फेवा वेगनासमा टीका
एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु
धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०