पोखरा, ९ भदौ । गायक सन्तोष बस्यालले लोकशेलीको गीत ढाँट्यो मायाले गीत सार्वजनिक गरेका छन्। पोखरामा आयोजित लोकार्पण कार्यक्रममा उनको गीत सार्वजनिक गरिएको हो । सहिमा श्रेष्ठको साथ पाएका बस्यालको गीतमा संगीत र शब्द संगीतकार दीपक शर्माको रहेको छ।
संगीतकार शर्माले संगीत भर्ने हरेक गीतमा लोकपन समेटिएको हुन्छ। ढाट्यो मायाले गीत पनि एक लोकपन भएको गीत हो संगीतकार दीपक शर्माले भने। यो गीतमा हाम्रो समाजमा चलिआएका सामान्य बोलीचालीका भाषालाई समेटिएको उनले बताए।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सन्तोष सहिमाको ढाँट्यो मायाले गीतले आफ्नो मन छोएको बताए।
गायक तथा संगीतकार विनोद बानियाँले गीत निकै राम्रो बनेको बताए। शव्द संयोजन, गायकी, संगीत, भिडियो सबै पक्ष राम्रो रहेको उनले बताए।
गायिका सहिमा श्रेष्ठले गीतको रेर्कडिङ र म्यूजिक भिडियो छाँयाकनका बारेमा बोलेकी थिइन्। गायक सन्तोषले आफ्नो यो तेस्रो गीत भएको बताए। यसअघि गायक ओम गुरुङ सहित योगेश काजीको शब्द संगीतमा रहेको रेशम फिरिरी गीत पनि उनले सार्वजनिक गरिसकेका छन्। जस्मा नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको थियो।
कार्यक्रममा सांसद इन्द्रधारा बिष्ट, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे लगायतले बोलेका थिए।
नेक्सन डान्स एकेडेमी काठमाडौंको प्रस्तुतिमा निर्माण भएको सन्तोष सहिमाको ढाट्यो मायालेको म्युजिक भिडियोको निर्देशन भने विभोर पोखरेलले गरेका हुन्। गीतमा अनुराग ठकुरी, बबिता श्रेष्ठ र बालकलाकार अविमा तामाङको अभिनय छ।
त्रिवेणी संगीतालयका सञ्चालक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा ओम फाण्डेसनका महासचिव लोकदोहोरी गायक सुरेन्द्र गुरुङले स्वागत र मन क्षत्री सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९