पोखरा, ५ भदौ । काँग्रेस नेता रामजी कुँवरले श्रमिकको अधिकार वर्तमान ओली सरकारले खोसेको आरोप लगएका छन् ।
पोखरामा मंगलबार भएको नेपाल नाइ संघको गण्डकी प्रथम अधिवेशनमा बोल्दै काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुँवरले सो कुरा बताएका हुन् ।
उनले नाइ संघलाई पार्टीले स्थान दिने बताउँदै नाइबीच एकतामा जोड दिए। एकताले अनावश्यक कर र महँंगी नियन्त्रणमा ध्यान दिन सकिने बताए । काँग्रेसले जितेका क्षेत्रमा नागरिकमैत्री तथा वैज्ञानिक कर प्रणाली हुने बताउँदै कम्युनिस्ट अतिवादीविरुद्ध लड्न कुनै समस्या नभएको धारणा राखे।
काँग्रेस कास्कीका जिल्ला सदस्य नवीन सिग्देलले नाइ एकतामा जोड दिँदै काँग्रेसले जस्तो सहयोग पनि गर्न तयार रहेको बताए।
नेपाल नाइ संघका केन्द्रीय अध्यक्ष राजाराम ठाकुरले सेवामूलक संस्थालाई पनि करको दायरामा ल्याउने वर्तमान सरकारको नीतिको विरोध गरे। उनले नाइ संघबिनाको समाज, व्यक्ति र कुनै पनि क्षेत्रको कल्पना गर्न नसक्ने बताउँदै पेशालाई मर्यादित र सभ्य बनाउन अनुरोध गरे। नाइ संघले काँग्रेसलाई बलियो बनाएको धारणा राख्दै ठाकुरले शिक्षित नाइ समुदायमा शिक्षालाई प्राथमिकता दिन अनुरोध गरे।
नाइ संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले संगठनलाई दोधारमा राख्न र राख्न खोज्नेलाई नछोड्ने बताए। नाइ संघ कमजोर नभएको धारणा राख्दै आगामी नेपाली काँग्रेसको महाधिवेशनमा स्थान नपाए नाइ संघले कडा आन्दोलन गर्ने चेतावनी दिए।
नाइ संघका क्षेत्रीय अध्यक्ष बलिराम ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सचिव भुनेश ठाकुरले सञ्चालन गरेका थिए।
कार्यक्रममा नेपाल ट्रेड युनियन कां’ग्रेसका उममहाचिव राजेश पालिखे, क्षेत्रीय अध्यक्ष मुरारी शर्मा, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जितबहादुर गुरुङ, नाइ संघका महासचिव श्याम ठाकुर, नेपाल ट्रेड युनियन काँग्रेसका कास्की अध्यक्ष विजयराज भण्डारी, मजदुर नेता माधव बराल, रुद्रप्रसाद तिमिल्सिना, केदार धमला, भैरवलाल ठाकुर, विगुलाल ठाकुर, किरणबाबु पन्त लगायतले बोलेका थिए।
यसैबीच नेपाल पिछडा वर्ग महासंघ कास्कीले संघमा आवद्ध एसर्इइ उत्तीण छोराछोरीलाई सम्मान गरिएको जनाएको छ। एकदिने प्रशिक्षण समेत भएको कार्यक्रममा २० जना छात्रछत्रालाई सम्मान गरिएको जिल्ला सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिए।
प्रशिक्षणमा पृथ्वीनारायण क्यापसका प्राध्यापक देवनारायण सुतिहारले अध्ययनले मात्र पेशाको संरक्षण हुने धारणा राखे। उनले नाइ अभिभावकलाई आफ्ना छोराछोरीलाई समान ढंगले पढाउन अनुरोध गर्दै प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउन आजैबाट शुरुआत गर्न सहभागी करिव २ सय ६० नाइ पेशाकर्मीलाई अनुरोध गरे।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९