पोखरा २ भदौ। पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी गणेशबहादुर श्रेष्ठले आफ्नो हैसियत हुँदाहुँदै बाबुआमालाई वृद्धाश्रममा लगेर राख्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन्।
बूढानीलकण्ठ आवासीय क्रियाकर्म भवन निर्माण समिति पोखरा-४ द्वारा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्रको शनिवार उद्घाटन गर्दै समाजसेवी श्रेष्ठले उक्त कुरा बताएका हुन्।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले विदेश भ्रमणका क्रममा त्यहाँ वृद्धहरुको दिवा सेवा केन्द्र देखेपछि आफूले विन्ध्यवासिनी पार्कमा सेवा केन्द्रको शुरुवात गरेको चर्चा गर्दै प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र तथा दिवा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उक्त समारोहबीच निर्माण समितिद्वारा प्रकाशित स्मारिका पनि लोकार्पण गरिएको थियो।
प्रमुख अतिथि गणेबहादुर श्रेष्ठ र भागवत्भाष्कर पण्डित कमलनयन गौतमले उक्त स्मारिका लोकार्पण गरेका थिए।
त्यस अवसरमा पण्डित गौतमले हिन्दू धर्म संस्कृतिले सबैलाई मानव सेवाप्रति अभ्रि्रेरित गरिरहेको चर्चा गर्दै धर्म रक्षाका लागि फ्कार परिवारभित्रका विभिन्न सम्प्रदाय, देवालय, मठमन्दिर समितिहरू एकवद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
स्मारिका समीक्षा प्रस्तुत गर्दै डा जगन्नाथ रेग्मीले हाम्रो संस्कृति र क्रियाकर्मसम्बन्धी उपयोगी लेखरचना समेटिएको बताए।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सामाजिक कार्यका लागि निर्माण भएका संरचना समाजकै सम्पदा भएको उल्लेख गर्दै दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।
समितिका सल्लाहकार गेहेन्द्रश्वर कोइरालाले सबैको सहयोगबाट निर्मित सामाजिक भवन हाम्रो गर्वको विषय भएको बताउँदै ज्येष्ठ नागरिकको संरक्षण पनि सबैको दायित्वभित्र पर्ने बताए।
पोखरा वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाले वडाभित्र निर्माण भएका सामाजिक भवन वडाकै मातहतमा रहने र व्यवस्थापनको लागि आवश्यक सहयोग गर्ने जानकारी दिए।
पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सामाजिक भवन निर्माणबाट धेरैलाई प्रेरणा मिलेको बताए।
बूढानीलकण्ठ मन्दिर संरक्षण समितिका अध्यक्ष एवम् निर्माण समितिका सल्लाहकार श्यामबहादुर कोइरालाले मन्दिर समितिअन्तर्गत क्रियापुत्री भवन निर्माण समिति गठन भएको र निर्माण समितिले निर्माण पूरा गरी प्रतिवेदन प्रस्तुत गरिसकेपछि स्वतः भंग भएको बताए। साथै उनले मन्दिर समितिको निर्णय बिना भएका कार्य मान्य नहुने उल्लेख गरे।
समारोहमा अध्यक्षको आसनबाट बूढानीलकण्ठ आवासीय क्रियाकर्म भवन निर्माण समितिका अध्यक्ष राजेन्द्रनिधि कोइरालाले सबैको सहयोग र सद्भावबाट भवन निर्माण भएको बताउँदै सहयोगीहरूप्रति आभार व्यक्त गरे।
उनले २०७१ मा सञ्चालित महायज्ञमा संकलित रकमबाट बहुउद्देश्यीय भवन र क्रियाकर्म भवन बनाउने लक्ष्य राखिएको स्मरण गर्दै सुविधासम्पन्न आवासीय क्रियाकर्म भवन निर्माण भएको बताए।
समारोहमा कोषाध्यक्ष धर्मराज पराजुलीले आय-व्यय विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन सचिव भरतराज पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९