पोखरा, २६ साउन । पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत ११५ औं हप्ताको श्रृंखला वीपीचोकदेखि पोखरा महानगरपालिका कार्यालयसम्म सम्पन्न भएको छ ।
वर्षाको कुनै परवाह नगरी बृहत् जनचेतनामूलक प्रभातफेरी सहित शनिबार सो अभियान सम्पन्न भएको हेा । कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषका साथ संचालित सो अभियानमा सो श्रृंखलादेखि गण्डकी विकास बैंकले समेत ऐक्यबद्धता जनाएको छ ।
बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापाले अभियानको उच्च प्रशंसा गर्दै अभियानको निरन्तरताको कामना गरे । उनले बैंकको तर्फबाट राष्ट्रिय झण्डा ५ थान, कोरेसो १५ थान, हाते कैची ५ थान, सिकेचर ५ थान, सेफ्टी ग्लोब १ सय जोर, गमबुट २० जोर अभियानका स्वयंसेवकलाई हस्तान्तरण गरेका थिए ।
यसपटकको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, मितेरी नारी समूह, दरबारथोक योग समूह, हाम्रो क्रिउ स्काउट समूह, खहरे आमा समूह, फिस्टेल नर्सिङ क्याम्पस, युथ नर्स संजाल, युनाइटेड युथ पोखरा, चण्डिका आमा समूह, संगममार्ग टोल विकास संस्था लगायतले ऐक्यबद्धता जनाए ।
यस्तै, लायन्स क्लब अफ पोखरा भृकुटी, एसओएस स्काउट समूह, राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, जिल्ला खेलकुद विकास समिति, टाइगर फिजिकल टे्रनिङ सेन्टर, सम्राट गोर्खा फिजिकल टे्रनिङ सेन्टर, महेन्द्रपुल महिला जागरण समूह, अर्बुद रोग निवारण संस्था, पोखरा बहुमुखी क्याम्पस, महेन्द्र मावि नयाँबजार, न्यूरोड टोल सुधार समिति, बालप्रभात मावि न्यूरोड, वातावरणीय सुन्दर प्रालि नेपाल, स्थानीय स्थानीय आमा समूह, टोल विकास संस्था लगायत जनप्रतिनिधि र वडाबासीको उल्लेख्य उपस्थिति रहेको अभियान संयोजक रामबहादुर पौडेलले बताएका छन् ।
कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए । महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धन्यवाद ज्ञापन गरेका थिए ।
आगामी शनिबार ११६ हप्ताको सफाइ अभियान फेवाताल किनार बसुन्धरा पार्कमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९