पोखरा, २३ असार । २१ औं विश्वकप फुटबलमा प|mान्स र बेल्जियमले अघिल्लो यात्रा सुरक्षित गर्दा इङल्याण्ड पनि सेमिफाइनलमा पुग्न सफल भएको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलमा स्वीडेनको यात्रामा पूर्णविराम लाउँदै इङल्याण्ड अन्तिम चारमा पुगेको हो । १२ वर्षपछि फर्किएको स्वीडेन २-० ले पराजित हुँदै घर फर्कियो । समूह विजेता बन्दै स्वीजरल्याण्डलाई पराजित गरेको स्वीडेनले पूर्व विजेता इङ्याण्डलाई भने हराउन सकेन ।
हृयारी मगुइरले खेलको ३१ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १-० ले अग्रता लिको इङ्ल्याण्डले दोश्रो हाफमा गोल थप्यो । ५९ औं मिनेटमा गोल गर्दै डेली अलीले हेडमार्फत गोल गर्दै जितउन्मुख बनाएका थिए ।
समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो । उता, पाँच पटकसम्म विश्वकपको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटरफाइनलबाटै बाहिरिएको छ। शुक्रबार राति बेल्जियमसँग २-१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो। सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले भने अब फाइनल प्रवेशका लागि प|mान्ससँग भिड्नु पर्नेछ। बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो।
यस पटकको विश्वकपबाट यसअघिका अन्य विश्वकप विजेता टोली जर्मनी, आर्जेन्टिना, स्पेन र उरूग्वे पनि बाहिरिए छन्। शनिबार राति अन्तिम क्वाटरमा आयोजक रुस र क्रोएसियाबीच प्रतिष्पर्धा भएको छ । विजेता इङ्ल्याण्डसँग फाइनल प्रवेशमा भेटिनेछ । ६ गोल गरिसकेका इङल्याण्डका ह्यारी केन गोल्डेनबुटको होडमा सबैभन्दा अगाडी छन् ।
Related News
सम्बन्धित समाचार
शुभकामना गोल्डकप असार ४ देखि
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९