हेमजा ३, वैशाख। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ हेमजास्थित हेमजा युनाइटेडले आयोजना गरेको शुभकामना कप-२०७५ जारी रहेको छ। सोमबार सम्पन्न २ खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुर र आयोजक हेमजा ११ वि विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् ।
पहिलो खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुरले ५-० को फराकिलो गोलअन्तरले गार्डेन फुटबल क्लब माटेपानीलाई हराएको छ। जितका सन्तोष गुरुङले २, भूपेन्द्र रायमाझीले २ र राजु आले मगरले १ गोल गरेका छन्।
खेलमा पश्चिम पृतनाका सन्तोष गुरुङ म्यान अफ द म्याच भए। त्यस्तै आयोजक हेमजा ११ वि ले पश्चिमाञ्चल फुटबल टेर्र्निङ सेन्टरलाई ४-१ गोलअन्तरले हरायो । जितका लागि सुमन सुनारले १, आशीष कुँवरले २ र अस्िमत कुँवरले १ गोल गरेका थिए। पश्चिमाञ्चल फुटबल टेर्र्निङ सेन्टरका लागि रोहित नेपालीले सान्त्वना गोल फर्काए। प्रतियोगितामा हेमजा ११ विका अस्िमत कुँवर म्यान अफ दि म्याच भएको क्लब कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले बताएका छन्।
प्रथम हुने समूहले २ लाख २२ हजार २ सय २२, द्वितीयले १ लाख ११ हजार १ सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्।
मंगलवार स्याङ्जाको वालिङ युनाईटेड तथा संगम फुटबल क्लबबीच पहिलो खेल हुनेछ ।
त्यस्तै दोस्रो खेलमा एलजी एशोसिएसन तथा नव आदर्श सामुदायिक विकास समाज भिड्नेछन् । युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सोमबारको कार्यक्रम क्लबका सदस्य सुनिल गायकले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९