पोखरा, ६ चैत । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा चैत ८ देखि १४ गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुने भएको छ।
पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा हुने उक्त महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झाले जानकारी दिए।
देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिबारे जान्ने अवसर मिल्ने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए। नाटक महोत्सवको स्थानीय व्यवस्थापन पोखरा थिएटरले गर्नेछ ।
विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानीय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए।
महोत्सवमा पहिलो दिन र दोस्रो दिन थाङ्ला, तेस्रो र चौथो दिन एन्टिगोनी नाटक मञ्चन हुनेछ । यसैगरी भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानिघट्ट, चाँदीको घेरा, सखी लगायत नाटक महोत्सवमा मञ्चन हुनेछन्।
महोत्सव अवधिभर हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ। आवश्यकता अनुसार सो समय थप्न सकिने पत्रकार सम्मेलनमा जनाइयो।
नाटक हेर्न विद्यार्थीको लागि १ सय र अन्यका लागि ३ सय र ५ सयको टिकट लाग्नेछ । महोत्सव उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन्।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९