पोखरा, २४ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा १२, शीतलादेवीका गुरुङ दम्पत्तिले पोखरा लेखनाथ महानगरपालिका वडा १७ सितापाइलास्थित पोखरा वृद्वाश्रमलाई सहयोग गरेका छन्।
८४ वर्षीय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले वृद्वाश्रमलाई २६ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। उनीहरुले वृद्वाश्रममा रहेका ६२ जना वृद्वावृद्वालाई बुधबार बिहान एक छाक भोजन समेत गराएका थिए।
लामो समयदेखि बेलायत बस्दै आएका गुरुङ दम्पत्तिले विदेशमा वृद्ववृद्वाको अवस्था निकै राम्रो रहे पनि नेपालमा भने पीडादायी जीवन भोग्नुपरेको देखेर सहयोग गरेको बताए। उनीहरुले अरुलाई पनि वृद्वाश्रमलाई सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा वृद्वाश्रमका शिशिरकेशव पराजुलीले चारैतिरबाट प्राप्त भएको सहयोगबाट वृद्वाश्रम चलेको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९