पोखरा, १५ फागुन। सामाजिक रूपमा क्रियाशील संस्था सच्चाईको सत्संग, पोखरा-१९ को परिवारले धादिङ गंगाजमुना गाउँपालिका वडा ५ का अग्नीपीडित बुद्धिबहादुर भुजेल र चन्द्रबहादुर र्घर्तीको परिवारलाई राहतस्वरूप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। गत फागुन १ गते उनीहरूको घरमा आगलागी भई नगदसहित अन्नपात र लत्ताकपडा समेत नस्ट भएको थियो। मंगलबार एक कार्यक्रमबीच पीडितलाई रकम हस्तान्तरण गरिएको थियो।
राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सामाजिक कार्यअन्तर्गत र पवित्र उद्देश्यका साथ अग्नीपीडितलाई सहयोग गरेकोमा सच्चाईको सत्संग परिवारलाई बधाई ज्ञापन गरे ।
सच्चाईको सत्संग कास्की नेपाल पोखरा लामाचौर-१९ की अध्यक्ष ज्ञानु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतम, कार्यक्रम संयोजक दिनेश शर्मा लगायतले सत्संग परिवारको कार्यको प्रशंसा गरेका थिए।
मानिस सामाजिक प्राणी भएकाले र सामाजिक रूपमा उत्तरदायित्व बहन गर्न सत्संग परिवारले सामाजिक कार्य गरिरहने संस्थाका प्रोपाईटर सञ्जय लामा बताउँछन् ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९