विद्युतीय व्यवसायी महासंघको साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
bijuli

पोखरा, २२ पुस। पोखरामा विद्युतीय व्यवसायी महासंघको आठौं साधारणसभा भएको छ। महासंघ मातहतका १९ जिल्लाका जिल्ला वा नगर संघ र ६५ एशोसिएट सदस्यको साधारणसभामा सहभागिता छ।

साधारणसभामा उत्पादक, आयातकर्ता, बिक्रेता, उपभोक्ता र सरकारको हितमा कसरी काम गर्ने र न्यून बिजकीकरणी भन्सारमा व्यवसायीले झेल्नुपरेको समस्या लगायत विषय साधारणसभामा छलफल हुने अध्यक्ष तेजनारायण खरेलले बताए।

साधारणसभा महासंघले वर्षभर गरेको कार्य समीक्षा, आम्दानी खर्चको अनुमोदन गर्नुको साथै व्यवसायी तथा एशोसिएट सदस्यले दिएको सुझाव अनुसार महासंघलाई अघि बढाउने अध्यक्ष खरेलले बताए।

देशभरका विभिन्न जिल्लाका विद्युतीय व्यवसायीबीच एकता कायम गर्न र विद्युतीय व्यवसाय निरन्तर रुपमा अघि बढाउन यसपटक महासंघको साधारणसभा पोखरामा गरिएको महासंघका महासचिव रेशम देवकोटाले बताए।

गुणस्तरीय विद्युतीय सामग्रीको उत्पादन र बिक्री वितरणका लागि आवाज उठाउँदैआएको महासंघको एजेण्डा पोखरामा आयोजित साधारणसभाले पारित गर्ने देवकोटाको भनाइ थियो।

साधारणसभा प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले उद्घाटन गर्दै  विद्युतीय सामग्रीको मूल्यमा एकरुपता ल्याउन साधारणसभा कोशेढुंगा बन्ने बताए।

न्यून बिजकीकरणको आफू पनि पक्षमा नरहेको औल्याए। ‘बिजकीकरण आर्थिक विकृतिको संकेत हो’-उनले थपे-‘राज्यले यसलाई समयमै नियन्त्रण गर्न जरुरी छ।’

कार्यक्रममा महासंघले जिल्लागत संघमध्येबाट रुपन्देही विद्युतीय व्यवसायी संघ प्रथम, चितवन विद्युतीय व्यवसायी संघ द्वितीय र पोखरा विद्युतीय व्यवसायी संघ तृतीयलाई र एशोसिएट सदस्यमध्येबाट प्राइम भेञ्चर, प्रिमियर ओभर्सिज र ट्रान्सवेल्ड कम्पनि काठमाडौंलाई सम्मान गरेको छ।

कार्यक्रममा महासंघले झापा जिल्लाको विद्युतीय संघका अध्यक्ष दीपचन्द्र अग्रवाललाई कदरपत्रद्वारा सम्मान गरेको थियो। अग्रवाललाई झापा जिल्ला विद्युतीय व्यवसायी संघको कार्यलय भवन निर्माणका लागि भमिदान गरेको भन्दै सम्मान गरेको हो।

महासंघका अध्यक्ष तेजनारायण खरेको अध्यक्षता र स्वागत मन्तब्य रहेको कार्यक्रम महासचिव रेशम देवकोटाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…

hero news full width