एसइई डान्स च्याम्पियनसिप उपाधि सृष्टिलाई

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
DSC04909

पोखरा । गण्डकी प्रदेशस्तरीय एसइई डान्स च्याम्पियनसिप उपाधि सृष्टि गुरुङले जितेकी छन् । यस्तै, प्रतिष्ठा कार्की दोस्रो र नीलकसना श्रेष्ठ तेस्रो भइन् । भ्यूअर्स च्याइसमा पूर्णिमा आले परिन् ।

बज्रयोगिनी डान्स एन्ड म्यूजिक एकेडेमी, कपनले एसइई दिएर बसेका विद्यार्थी लक्षित गरी पोखरामा शनिबार उक्त प्रतियोगिता गरेको थियो । विजयीलाई पुरस्कारसहित प्लस टुमा पूर्ण छात्रवृत्ति व्यवस्था गर्ने भएको छ ।
सो अवसरमा एकेडेमीले विभिन्न विधामा उल्लेख्य योगदान पु¥याएका ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक एवं स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कास्की मोर्डनाइज्ड एकेडेमीका प्राचार्य रामबहादुर मोची र वरिष्ठ नृत्य कलाकार बुद्धिप्रसाद गुरुङ (गौरी) छन् ।

आदर्श समाजका प्रधानसम्पादक बास्तोलासहित ३ जनालाई सम्मान 

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, शिक्षा विकास निर्देशनालय गण्डकीका नि. महानिर्देशक अम्बिकाप्रसाद आचार्यले उनीहरुलाई खादा, माला र सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस अवसरमा प्रतिष्ठान कुलपति बिखर्चीले शारीरिक र मानसिक विकासका लागि नृत्य आवश्यक भएको उल्लेख गर्दै संसारलाई सिकाउने नेपाली नृत्य भएको बताए । विभागका नि. महानिर्देशक आचार्यले अब पढाइमा मात्र होइन, नृत्य लगायत जुनसुकै विधामा पनि उत्कृष्टता हासिल गरेर भविष्य उज्ज्वल बनाउन सकिने बताए ।  गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले नृत्यलाई पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिए ।

अध्यक्षको आसनबाट बज्रयोगिनी डान्स एन्ड म्यूजिक एकेडेमीका प्रमुख महेश गोदारले एकेडेमीले राम्रो नृत्य गरेर पनि छात्रवृत्ति प्राप्त गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरेको बताए । उनले एकेडेमीकै माध्यमबाट हालसम्म १ सय ६ जनाले छात्रवृत्ति पाएको जानकारी दिए ।

नृत्य प्रतियोगिताको निर्णायकमा अमन तामाङ, लप्सन गुरुङ र सरिता दान्कुटी थिए । कार्यक्रम सञ्चालन सलिताज कुँवरले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width