पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय ११ बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितपछि नगर प्रमुख धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९ सय १३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय ११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ ।
यसक्रममा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र आंशिक खोप प्राप्त गरेका १ सय ३२ जना बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ । पोखरालाई पूर्ण खोप घोषणा गर्नुअघि यहाँका ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८ सय ९० स्वास्थ्यकर्मी र ६ सय ५२ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई घरधुरी सर्वेक्षणदेखि खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्य मनन गर्न जरुरी रहेको बताए । उनले भने, ‘आफ्ना बालबालिबाहरुलाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जानकार हुन जरुरी छ । खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’
जन्मदेखि ५९ महिनासम्मका २९३११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित
पोखरा महानगरपालिका बालबालिकालाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । १ जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उनले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताए । उहाँले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकालाई प्रतिबच्चा हजार पुरस्कार दिने घोषणा समेत गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताए । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उनले बताए । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उनले बताए ।
महानग। प्रवक्ता मोतीलाल तिम्सिनाले पूर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गरे । महानगरका सबै बालबालिकाहरूलाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उनले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए ।
पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांगले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गरे । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखरा संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सिना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बालस्वास्थ्य र खोपको प्रभावकारिता विषयमा प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
हाइकर्स क्लबको साधारणसभामा सम्मान
नेपोन गण्डकीमा सत्यराज
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नारी स्रष्टा एक ठाउँ
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१