लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
lok dohori

पोखरा । पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदानसँगै संघको कार्यालय उद्घाटन गरेको छ ।

लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले कार्यालय उद्घाटन गर्दै लोकदोहोरी रेस्टुरेन्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि व्यवसायी नै लाग्नुपर्नेमा जोड दिए । आफूहरुको व्यवसाय कोरोना अगाडिसम्म नेपाल सरकारमा सूचीकृत नभएका कारण त्यतिबेला प्रहरी प्रशासनबाट सास्ती खेप्नुपरेको स्मरण गर्दै पछि सूचीकृत गरी मापदण्ड र अनुसूची बनाएको र हाल रात्रिकालीन व्यवसाय चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको बताए । अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे ।

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले व्यवसायसँगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको जनाए । उनले लोकदोहोरी व्यवसायले लोकसंस्कृति संरक्षणमा समेत लागेको उनको भनाइ थियो ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइराख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भूमिका रहेको जनाए ।
संघका सल्लाहकार लोकेन्द्रकुमार राईले रात्रीकालिन व्यवसायहरु चौबिसै घण्टा खुल्नु खुसीको कुरा भए तापनि त्यसमा चुनौती रहेको जनाए । व्यवसायीले विशुद्ध रुपमा व्यवसाय गर्दै सम्मानित र मर्यादित ढंगले व्यवसाय गर्न सके व्यवसायीले सम्मान पाउने बताए ।

अर्का सल्लाहकार जयकुमार परियारले संघले व्यवसायीहरुको हकहितका लागि एकजुट भएर काम गर्न आग्रह गरे ।

ससुराली रोधीघरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीलाई दुख पर्दा साथ र सहयोग पाइरहेको बताए ।

कार्यक्रमबीच, पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यता समेत लिए । हाल पोखरामा २६ दोहोरी साँझ संघमा आवद्ध छन् । संघ अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र केसीले स्वागत र सचिव दिलु लामाले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width