हिमालय माविले स्वर्ण महोत्सव मनाउने

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
himalaya mabi

पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १० देखि १२ सम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागेको हो ।

भिचुक, तोल्का र लान्द्रुक सेवा क्षेत्रभित्र प्राथमिक तह उत्तीर्ण विद्यार्थीको अध्ययनको निम्ति २०३१ सालमा उक्त विद्यालयको स्थापना भएको थियो । हिमालय निमावि भिचुक तिर्लुङ नामले तत्कालीन समयमा लुम्ले गाविस वडा ८ मा स्थापना भएको विद्यालयमा सुरुमा कक्षा ४ देखि ७ सम्ममात्र पढाइ हुन्थ्यो । पछि तोल्का नागामा सञ्चालित ध्यामुदेउराली प्रावि सो विद्यालयमा समायोजन गरी कक्षा १ देखि ७ सम्म सञ्चालन गरिएको थियो । स्थापनाको केही वर्षमै तिरलुङमा रहेको विद्यालय पहिरोमा परी क्षति भएपछि हाल मिदिगरा तोल्कामा स्थानान्तरण गरिएको हो ।

यो विद्यालय अन्नपूर्ण गाउँपालिका ७ को एकमात्र मावि हो । विद्यालयले स्वर्ण महोत्सवका लागि गत वर्ष १३ मंसिरको भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज दुराको संयोजकत्वमा स्वर्ण जयन्ती महोत्सव आयोजक मूल समिति गठन गरेको थियो । यस्तै, वडा सदस्य गौसाद गुरुङको संयोजकत्वमा आर्थिक, भगवान् पौडेलको संयोजकत्वमा प्रचार र प्रेमबहादुर गुरुङको संयोजकत्वमा स्वर्ण जयन्ती स्मारिका प्रकाशन उपसमिति गठन गरेको थियो ।

स्वर्ण महोत्सव अवसरमा विद्यालयका संस्थापकहरु, जग्गादाता लगायत १६ जनालाई मरणोपरान्त सम्मान, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व शिक्षक एवं प्रअ, अक्षयकोष दाता र स्वर्ण जयन्ती कोषका चन्दादातालाई सम्मान कार्यक्रम रहेको प्रचार संयोजक भगवान् पौडेलले बताए ।

प्रअ शरद सुवेदीका अनुसार स्वर्ण महोत्सव अवसरमा विद्यालयले अन्नपूर्ण गाउँपालिका माविस्तरीय छात्र भलिबल, हाजिरीजवाफ, वक्तृत्वकला र हिसाब दौड लगायतका अतिरिक्त क्रियाकलाप र विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width