सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०८१
shalikram fest

पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन धार्मिक मार्ग यात्राका आयोजना गरिएको हो । सो यात्राको प्रतिनिधि सभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले शुभारम्भ गरे ।

घिमिरेले पर्यटन प्रवद्र्धनका लागि यस प्रकारका अभियान फलदायी हुने विश्वास व्यक्त गरे । बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई यहाँको सडक सरसफाइ, हरियाली, लाइटिङलगायतबाट प्रभावित बनाउन पालिकाहरूले मिलेर एकीकृतरूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

पहिलोपटक सुनौली–रुरु क्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको यात्रा सुरु भएको प्रतिष्ठान अध्यक्ष रचना पन्तले बताइन् ।

शुक्रबारको धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुनेछ । रुरु क्षेत्रमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधिबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने पन्तले बताइन् ।

शनिबार रुरु क्षेत्रबाट मुक्तिनाथको लागि प्रस्थान गरिनेछ । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गर्ने कार्यक्रम छ ।

यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ । रुरु क्षेत्रमा परापूर्वकालदेखि रहेका धामलाई प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष पन्तले बताइन् ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दू धर्मावलम्बीले पुज्ने गर्दछन् । धार्मिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने आयोजकको दाबी छ । शालिग्राम महोत्सव वर्ष अन्तर्गत आगामी कात्तिकमा शालिग्राम महायज्ञ आयोजना हुनेछ ।

महायज्ञमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरूलाई निमन्त्रणा गर्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।
महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरी २५ वटा कार्यक्रम गरिने अध्यक्ष पन्तले बताइन् । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठी, सभा सम्मेलन हुनेछ । महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्रमा ल्याउने लक्ष्य राखिएको छ । आगामी चैतमा शालिग्राम महोत्सव–२०८१ समापन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width