‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

श्रीभद्र पौडेल
वैशाख ७, २०८१
PN Campu Main

पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको आयोजना एवं नेपाल जियोलोजिकल सोसाइटी गण्डकी सहयोगमा २९ औं वन्यजन्तु सप्ताह कार्यक्रमअन्तर्गत शुक्रबार समापन समारोहका वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।

पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले वन्यजन्तु मार्फत पर्यापर्यटन बढाइ आयआर्जन गर्नुपर्नेमा जोड दिए । घाँसेभूमि क्रमश झाडीमा परिणत हुदै जाँदा वन्यजन्तु गाउँ पसी दुख दिने गरेको सुनाए । उनले विद्यार्थीको अध्ययनमा बढी रुची जाओस् भनेर क्याम्पसले विभिन्न क्रियाकलाप गरिरहेको स्पष्ट पार्दै राष्ट्रिय विज्ञान दिवसलाई राम्रोसँग मनाउन बेलैमा तयारी थाल्नुपर्ने जनाए ।

‘विज्ञानमा यति धेरै अध्ययन हुन्छ, तर त्यति अध्ययन हुन्छ भनेर जनताको तहसम्म पुग्न सकेको छैन । त्यसलाई पु¥याउने दायित्व अहिलेका विद्यार्थीहरुको हो,’ उनले भने ।

प्राणीशास्त्र समाज पोखराका अध्यक्ष गणेश तिमिल्सिनाले विद्यार्थीलाई कक्षाकोठामा मात्र नभई बाहिरी ज्ञान पनि दिने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । उनले विद्यार्थीलाई भ्रमणमा रुची राख्न सुझाव दिए । उनले किसान बाँदर, दुम्सी, बाँघ लगायतका वन्यजन्तुबाट पीडित हुनुपरेको तथ्य अगाडि सार्दै कार्यक्रममा आर्थिक सहयोग गरेकोमा क्याम्पसप्रति धन्यवाद दिए ।

वातावरण संरक्षणकर्मी चन्द्रबहादुर गुरुङले पोखरालाई वातावरणमैत्री सहर बनाउन आमपोखरेली लाग्नुपर्नेमा जोड दिए । उनले पासो थापेर वन्यजन्तुको हत्या गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउँदे वन्यजन्तुलाई पर्यटनसँग जोडी आर्यआर्जन बढाउन सुझाव दिए ।

बिएस्सी चौंथो वर्षकी विद्यार्थी प्रिया बरालले कार्यक्रम उत्साहजनक रहेको बताइन् । उनले वन्यजन्तु संरक्षणको दायित्वबाट कोही पनि पछाडि हट्न नपाउने जनाइन् । उनले समुदाय र वनको परस्पारिक सम्बन्ध रहेको स्पष्ट पार्दै जैविक विविधताको संरक्षणमा जोड दिइन् ।

कार्यक्रमअन्तर्गत वन मन्त्रालयका डा. केदार बरालले मानव वन्यजन्तु द्वन्द्व तथा जलवायु परिवर्तनको वन्यजन्तुमा प्रभाव, पत्रकार नवीनसिंह खड्काले जलवायु परिवर्तनको प्रभाव तथा प्राध्यापक सुवास बास्तोलाले चरा अवलोकनका आधारभूत पक्षबारे प्रस्तुति राखे ।

सप्ताहअन्तर्गत तीनदिवसीय कार्यक्रम भएकोमा पहिलो दिन २ वैशाखमा प्रभातफेरी गरियो । प्रभातफेरीमा सचेतनामूलक प्ले कार्ड, व्यानर प्रदर्शन भयो ।

दोस्रो दिन ५ वैशाखमा काहुँडाँडा पुगी त्यहाँको जैविक विविधताको अध्ययन गरिनुका साथै स्थानीयसँग अन्तरक्रिया भयो । स्थानीयवासीले मानव वन्यजन्तु द्वन्द्वका कारण आफूहरु पीडित बन्नुपरेको दुखेसो पोखे ।

चराविज्ञ समेत रहेका प्राध्यापक सुवाश बास्तोलाले पर्यावरणका कारण गाउँ उजाडिएको जनाउँदै पहिलेका जस्तो अहिले गाउँमा चरा पनि नपाइने बताए । गाउँमा पनि क्रमश घरहरु पक्की बन्दै गए । पक्की घरमा पहिलेका कच्ची जस्ता धेरै प्वाल हुने भएनन् । जुन चराको वासस्थानका लागि महत्वपूर्ण थिए । उनले पक्की घर चराका लागि उपयुक्त नभएको पनि औंल्याए ।

चरा जोडीमा बस्न रुचाउने प्राणी हो, यो एकै ठाउँमा बस्न त्यति रुचाउँदैन, चरा झस्कनासाथ उडीहाल्छ, मानिसको भन्दा तिनीहरुको सुनाई शक्ति तेज हुन्छ, चराको अवलोकन गर्न मानिसमा धैर्यता पनि चाहिने उनले स्पष्ट पारे । परिआए वन्यवन्तुलाई पनि मानिसले माया तथा उनीहरुको उपचार गर्नुपर्ने उनको भनाइ छ ।

प्राणीशास्त्र समाज पोखरा अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्राध्यापक राजेन्द्र बसौला तथा बिएस्सी चौथो वर्षका विद्यार्थीद्वय रक्षा मरासैनी र दीपा नेपालीले संयुक्त रुपमा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै