अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०८१
cm surendraraj pande

फाइल फोटो

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएकोमा कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ ।

दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । उनले सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई वेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरु गर्नु तथा प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्ममान कानुनको वेवास्ता गर्दै गरिएका यस्ता असंवैधानिक क्रियाकलापहरुप्रति गम्भीर असहमति जनाउँदै यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार संम्बन्धित पक्षहरु हुने समेत स्पष्ट पार्दछौं ।’

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान १८३(१) बमोजिम यही ७ वैशाख दिउँसो ३ बजेदेखि बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

सभामुख समेतको संलग्नतामा असंवैधानिक प्रक्रियाबाट एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वमा सरकार गठन भएको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । जसको पेस १० गतेलाई तोकिएको छ ।

मुख्यमन्त्री अधिकारीले सर्वोच्चको आदेश नकुर्दै हतारहतार विश्वासको मत लिन लागेका हुन् । बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट गरी यसबारे ब्रिफिङ गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…

hero news full width