दरौंखोला समाजको भित्तेपात्रो

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
daraukhola

पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा आएर अध्ययन र विभिन्न पेसा व्यवसायमा आबद्धहरुको संस्था हो सामीप्य समाज । संस्थाका संरक्षक डा. खगेन्द्रप्रसाद घिमिरेले समाजले हालसम्म गरेका कामको प्रसंशा गर्दै नवनिर्वाचित समितिले गरेका रचनात्मक, सिर्जनात्मक र सामाजिक तथा मानवीय उत्तरदाइत्वका कामको निरन्तरताले संस्थाको उचाइ बढेको बताए ।

संस्थाका उपाध्यक्ष गंगाराम पौड्यालले स्वागत गरेको कार्यक्रममा, दिदी बहिनी क्वालिटी सर्कल सहसंयोजक मञ्जु कार्कीले दिदी बहिनीहरूले हालसम्म गरेका कामको समीक्षा, सल्लाहकार होतबहादुर रोकाले नव वर्ष २०८१ कविता, सल्लाहकार सूर्य रोकाले शुभकामना, संस्थापक अध्यक्ष शोभित खड्काले संस्थाको इतिहास, संरक्षक दोबबहादुर कार्कीले संस्थाका गतिविधि र भित्तेपात्रोको महत्वका बारेमा भनाइ राखेका थिए ।

संस्थाका अध्यक्ष बोधराज गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव नम रोकाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width