आलु महोत्सवमा विज्ञ–कृषक अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
potato

पोखरा । माटो स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीबार माटो तथा बाली संरक्षण विषयक अन्तक्र्रियामा उक्त विषयमा विज्ञले जोड दिएका हुन् ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको अन्तक्र्रियामा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा. श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औंल्याए ।

‘साँच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटो बचाउनुको विकल्प हामीसँग छैन । त्यसका लागि प्रांगारिक चिजवस्तु माटोसँगै कुहाउनु पर्दछ, जलाउँदा माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह हो,’ उनले भने ।

माटोमा अम्लीयपन बढी भयो भने सिँचाइ प्रबन्ध मिलाउनु पर्दछ, समय–समयमा माटोको भौतिक, जैविक एवं रासायनिक जाँच पनि गर्नुपर्दछ, त्यसका साथै माटोको बनोट तथा त्यसमा रहेको सूक्ष्म खाद्य तत्वबारे पनि बेलाबेलामा ख्याल गर्नुपर्ने भन्दै प्रमुख डा.विष्ट माटोसँग प्रत्येक प्राणीको जीवन जोडिएको स्पष्ट पारे ।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम रुपन्देही संयोजक वरिष्ठ वैज्ञानिक डा. रोशन बस्नेतले गहुँमा सिँन्दुरे तथा कालोपोके रोगको समस्या बढी रहेको सुनाउँदै नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका बिउमात्रै खेती गर्न किसानलाई सुझाव दिए । ‘विभिन्न रोगका कारण हाल उत्पादनमा ह्रास आइरहेको छ, त्यसका लागि कतिपय अवस्थामा बिउको उपचार गरेर पनि छर्नुपर्ने हुन्छ,’ उनले भने ।

वागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले कृषिको महत्वमाथि प्रकाश पारे । उनले फल कुहाउने औंशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको बताउँदै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढंगले नष्ट गरे करिब ७० प्रतिशत समस्या समाधान हुने जनाए । उनले खेतबारीमा काँचो मलको प्रयोग नगर्न किसानलाई सुझाव दिँदै माटोमा हुने शत्रूजीव तथा मित्रजीवलाई चिन्नुपर्ने स्पष्ट पारे ।

सफल रुपमा कृषि कर्म गर्ने हो भने माटो बचाउनुको विकल्प छैन

सहभागी किसानले आलुबालीमा हुने अगौटे तथा पछौटे डडुवा, आलुमा प्वाल पर्ने समस्या, एजेरु रोग, रातो कमिला व्यवस्थापन, फौजी कीरा, गोलभेंडामा गँवारो, पराग सेचन लगायतका विषयमा जिज्ञासा राखे ।

कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्रमुख डा. प्रेनिल केसी, वैज्ञानिक रमेश आचार्य, प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिना लगायतले सहजीकरण गरेका थिए ।

यता, जारी महोत्सवको बिहीबारसम्म २५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा १ हजार ४ सय १० घरपरिवारले आलु किनेको कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनका अनुसार हालसम्म १४ लाखभन्दा बढी बराबरको आलुको कारोबार भएको छ ।

बिहीबार कलाकार तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरि ढुंगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा (पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारका प्रस्तुति रहे । शुक्रबार विष्णु खत्री, ज्योति लोहनी, माधव चापागार्इं, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एन्ड कुशल व्यान्डका प्रस्तुति रहने जनाइएको छ ।

रत्यौलीगीत प्रतियोगिता पनि जारी छ । बिहीबार दहरे देउराली आमा समूह तथा इन्द्रेणी आमा समूहले प्रस्तुति राखे । शुक्रबार बाली तथा पशु स्वास्थ्य उपचार शिविर हुनेछ । महोत्सव ५ वैशाखसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width