गण्डकी बोर्डिङ व्यवस्थापनमा ३ मनोनीत

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
gbs

पोखरा । गण्डकी बोर्डिङस्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् ।

सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान अध्यक्ष एवं अभिभावक कमलबहादुर श्रेष्ठ र अभिभावकतर्फबाट नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी विमला भण्डारीलाई सदस्य मनोनीत गरेको हो । उनीहरुको कार्यकाल ३ वर्षको हुुनेछ ।

स्थानीय,जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी, अभिभावकबाट १ महिलासहित ३ जना मनोनीत गर्नेव्यवस्था रहेकोमा सोही बमोजिम भएको प्राचार्य वीरेन्द्र खड्काले बताए ।

मदनबहादुर लामाचौर निवासी स्थानीय एवं जग्गादाता हुन् । सामुदायिक प्रहरी सेवामा समेत सेवा गरेका कमलबहादुर एग्बोसाबाट सिफारिस गरिएका हुन् । एग्बोसाले अभिभावकसमेत हुने गरी अध्यक्ष एवं पूर्व अध्यक्ष सिफारिस गर्ने व्यवस्था छ ।

अभिभावक समेत रहेकी विमला भण्डारी पत्रकारिता एवं सामाजिक सेवामा पनि क्रियाशील छन् । अघिल्लो समितिका डा पविन थापा, डा पूजन शर्मा र डा रवीन्द्रप्रसाद श्रेष्ठको कार्यकाल सकिएको छ । सार्वजनिक गुठीअन्तर्गत सञ्चालित राष्ट्रिय विद्यालय गण्डकी बोर्डिङमा शिक्षा मन्त्रालयका सहसचिव व्यवस्थापन समिति अध्यक्ष रहने व्यवस्था छ ।

९ सदस्यीय व्यवस्थापन समितिमा हाल केशव दाहालअध्यक्ष छन् । पदेनसदस्यमा कास्कीका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीप्रमुख, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख, विद्यालय प्रिन्सिपल र शिक्षकप्रतिनिधि छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width