रहेनन् पोखराका समाजसेवी एवं व्यवसायी बिलबहादुर

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
bil dies

पोखरा । पोखराका समाजसेवी एवं व्यवसायी बिलबहादुर गुरुङको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा काठमाडौं ग्रान्डी अस्पतालमा मंगलबार राति निधन भयो । उनी पछिल्लो समय निमोनियाबाट पीडित थिए ।

पेटको सामान्यले मणिपाल अस्पताल लगिएकोमा थप उपचारार्थ ९ दिनअघि ग्रान्डी लगिएको थियो ।

स्व. गुरुङको बुधबार बौद्ध अर्घौ सदनमा अन्त्येष्टि भयो । उनका २ श्रीमती, ३ छोरा, २ छोरी छन् ।प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार सुनिल गुरुङ उनका सुपुत्र हुन् ।

बिलबहादुर विभिन्न संघसंस्थामा क्रियाशील थिए । उनी पेट्रोलियम डिलर्स एसोसियसन गण्डकीका संस्थापक अध्यक्ष हुन् । पोखरा बौद्ध अघौं सदन उनकै परिकल्पना हो । सदनका संस्थापक सचिव एवं अध्यक्ष हुँदै हाल सल्लाकार थिए । पोखराको कालिका मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ सदस्य भएर काम गरेका उनी मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सको सञ्चालक हुन् ।

अर्घौं सदन स्थापना गरेर उनले एकातिर गुरुङहरूको अर्घौं, अन्त्येष्टि आदि कार्यमा सुविधा र सहुलियत उपलव्ध गराएका थिए भने अर्कोतिर बुद्धधर्मको विकासमा सघाउ पु¥याएका थिए ।

उनी विश्वशान्ति स्तुपको कार्यसमिति र बुद्ध जयन्ती समारोह समितिको अध्यक्ष भएर पनि काम गरे । उनी धर्मकाय बौद्ध मण्डलामा आवद्ध भएर पनि अमूल्य सल्लाह सुझाव दिएका थिए । उनलाई संघसंस्थाका अक्षयकोष दाताका रुपमा स्मरण गरिन्छ ।
आफ्नो जन्मस्थल फेदीखोला–५, स्याङ्जामा विद्यालय स्थापना र अन्य सामाजिक काम गरेर नाम कमाएका थिए भने कर्मथलो पोखराको शैक्षिक र सामाजिक विकासमा उत्तिकै योगदान गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…

hero news full width