पाेखरामा फेवा नव वर्ष महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
fewa fest starts

पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा १९ औं फेवा नव वर्ष महोत्सव बिहीबार सुरु भएको छ । पञ्चैबाजा र विभिन्न जातजातिका झाँकीसहित फेवातालको किनारमा महोत्सवको उद्घाटन गरिएको हो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अम्मटमा आयोजित विशेष समारोहबीच उद्घाटन गरे । उनले फेवातालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवातालका विषयमा अदालतले गरेको ६५ मिटरसम्बन्धी फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी दिंदै कसैलाई अन्याय नहुने गरी महानगर अगाडि बढ्ने बताए ।

पोखरा पर्यटनको राजधानी घोषणा भएको स्मरण गराउँदै प्रमुख आचार्यले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटकमैत्री हुनुपर्ने बताए । रातभरि सञ्चालन हुने रात्रिकालीन व्यवसायको लागि छुट्टै अनुमति लिनुपर्ने र आवश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरी महानगरले तयारी अगाडि बढाएको उनले बताए ।

नयाँ वर्ष २०८१ को अवसरमा सुरु महोत्सव ३ दिनसम्म चल्नेछ ।

आयोजक संघ अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले रत्यौली, पञ्चैबाजा, भजनचुड्का र नेपाली खाना महोत्सवजस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको जानकारी गराए । निशुल्क प्रवेश व्यवस्था भएको र स्थानीय ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजित महोत्सवका पाहुनालाई होटलको बिलमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको पनि संयोजक सुवेदीले बताए ।

वाराही आरतिको प्रस्तुति र एसके डान्सका तर्फबाट नृत्य प्रस्तुत गरी सुरु गरिएको महोत्सवमा दर्जनौं झाँकी र जातीय तथा सामाजिक पोशाकमा सजिएका समूहहरुको सहभागिता थियो ।

उद्घाटनअघि निकालिएका झाँकी र ¥याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेका थिए । महोत्सवमा पर्यटक दौड, विभिन्न खानाहरुको बिक्री तथा प्रस्तुति, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुति समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले बताए ।

सो अवसरमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङ, आयोजक संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठ, महिला सञ्जाल पोखरा ६ कि अध्यक्ष वविता मल्लले बोलेका थिए ।

गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको महोत्सव नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन र सहयोग गरेका हुन् । महोत्सव १ वैशाखसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…

hero news full width