गण्डकीमा भागबण्डा मिलाउन अब ९ मन्त्रालय

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
gandaki ministry

पोखरा । गण्डकी प्रदेश सरकारमा अब ९ मन्त्रालय हुने भएका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकले गठबन्धनका दलहरुबीच भागबन्डा मिलाउन ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय भएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मातहत आन्तरिक मामिलालाई फुटाएर अलग्गै मन्त्रालय बनाएको हो ।

गत वर्ष २५ पुसमा मुख्यमन्त्री भएका बेला खगराज अधिकारीले नै खर्च कटौती भन्दै १२ मन्त्रालयबाट घटाएर ७ वटामा झारेका थिए । अहिले भागबन्डा मिलाउन उनले फेरि मन्त्रालय संख्या बढाएका हुन् ।

दोस्रो कार्यकालका लागि उनी गत २५ चैतमा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधान १६८(२) बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

तर सभामुखसमेतको समर्थनमा संविधान मिचेर मुख्यमन्त्री बनेको भन्दै उनीविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट हालेका थिए । बुधबार रिटमाथि प्रारम्भीक सुनुवाइ भइसकेको छ । सर्वोच्चले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अधिकारी सरकारको नाममा आदेश जारी गरिसकेको छ ।

यसैबीच, गण्डकी सरकारले मुख्यन्यायाधीवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गर्ने गरेको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद्मार्फत अधिकारीलाई मुख्यन्यायाधिवक्ता नियुक्तिको निर्णय गरेका हुन् ।

उनी एमाले जिल्ला कमिटी लमजुङका निवर्तमान अध्यक्ष हुन् । केही दिनअघि सम्पन्न जिल्ला अधिवेशनमा पनि दोस्रो कार्यकालका लागि पनि चुनाव लडेका उनी पराजित भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…

hero news full width