‘घान्द्रुक अन्नपूर्णको कर्णाली’

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
annapurna

पोखरा । घान्द्रुकमा पर्याप्त विकास नभएपछि स्थानीयले अन्नपूर्ण गाउँपालिकाको ‘कर्णाली क्षेत्र’ संज्ञा दिएका छन् । गाउँपालिकाको चालु आवको दोस्रो चौमासिकअन्तर्गत वडा ११ उरीमा भएको सार्वजनिक सुनुवाइमा स्थानीयले त्यस्तो गुनासो गरेका हुन् । वडाध्यक्ष हिमबहादुर गुरुङले वडामा धेरै विकास गर्नुपर्ने औंल्याउँदै पालिकाको ध्यानाकर्षण गराए । ‘मलाई लाग्छ हाम्रो भूगोल पालिकाको कर्णाली जस्तै अविकसित क्षेत्र हो । त्यसको विकासमा पालिका नेतृत्व, कार्यपालिका सबैको ध्यानाकृर्षण गर्न चाहन्छु,’ उनले भने ।

घान्द्रुकवासीले पयर्टन व्यवसायी कर (होटल कर) बढी भएको, घान्द्रुकमा भवन निर्माण आचारसंहिता लागु गर्नुपर्ने, कृषिलाई गाउँपालिकाले महत्व नदिएको, वडा ११ ठेगानामा उरी मात्रै भन्ने गरिएकोमा त्यसमा घान्द्रुक पनि जोडिइ उरी घान्द्रुक कायम गर्न माग गरे ।

उनीहरुले वडा ११ भौगोलिक हिसाबले ठूलो भएकाले दामासायीले बजेट छुट्टाउने परिपार्टीको अन्त्य गर्नुपर्ने, कलाभीरको सडक निर्माणमा गुणस्तर कायम गराउन पहल गर्नुपर्ने, घान्द्रुकमा पनि भेटेरिनरी सुविधा दिनुपर्ने, त्यस क्षेत्रलाई पर्यटन विशेष क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने, सोे क्षेत्रको गाडीभाडा समायोजनका लागि पालिकाले भूमिका खेल्नुपर्ने, मौरी तालिम दिनुपर्ने, तीतेपातीबाट तेल प्रशोधन गर्ने उद्योगलाई प्रोत्साहन गर्न पालिकाको ध्यानाकर्षण गराए ।

पालिकाको प्रशासनिक भवन निर्माण, उजुरी पेटिकाको प्रयोग, पालिका छिर्ने बाटोको दुराअवस्था, घान्द्रुक चक्रपथ निर्माण लगायत विषयमा पनि पालिका नेतृत्व संवेदनशील बन्नुपर्ने उनीहरूले सुझाए । स्थानीयहरू ललित गुरुङ, धुबव गुरुङ, इन्द्रमणि जैसी, बमबहादुर विक, कमल थापा हरिराम भण्डारी, जगनप्रसाद गुरुङ, सुरजबहादुर गुरुङ, पूर्ण गुरुङ, अक्ष रसाइली, जगनबहादुर गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समिति लगायतले विभिन्न सुझाव एवं जिज्ञासा राखे ।

पालिका अध्यक्ष विष्णुबहादुर केसीले जनताका सुझावअनुसार कार्य गर्न पालिका तयार रहेको बताए । घान्द्रुक अन्नपूर्णको महत्वपूर्ण पर्यटकीय क्षेत्र भएको बताउँदै उनले पर्यटन व्यवसायीका मागप्रति पालिका संवेदनशील रहेको बताए ।

उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले ढुंगेनी गाउँ घान्द्रुकको पहिचान बचाउनुपर्ने उल्लेख गरिन् । पालिकाले १० लाख माथिमा योजना टेन्डर प्रक्रियामार्फत अगाडि बढाइरहेकोे स्पष्ट पार्दै गुणस्तर कायम गराउन स्थानीयवासीले पनि भूमिका खेल्नुपर्ने जनाइन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले घान्द्रुकको मौलिकता नमर्ने गरी भवन निर्माण संहिताको तयारी पालिकाले थालेको जनाए । उनले कृषि अनुसन्धान निर्देशनालय लुम्लेसँग सहकार्य गरी कृषिको प्रवद्र्धनमा होमिनुपर्ने पनि बताए । वडा १० का अध्यक्ष गौतम गुरुङले घान्द्रुकको सौन्दर्यता कायम गराउन वडा प्रयासरत रहेको स्पष्ट पार्दै जनचासोले नै विकासलाई डोहोर्‍याउने बताए ।

वडा ७ का अध्यक्ष एवं पालिका प्रवक्ता भरतमान गुरुङ, वडा ५ का अध्यक्ष जीवनाथ पौडेल (शंकर), शिक्षा शाखा प्रमुख बलराम भुगाईं लगायतले पनि भनाइ राखे । कार्यक्रम सहजीकरण पत्रकार श्रीभद्र पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…

hero news full width