ढड्डामुक्त बनाउँदै यातायात कार्यालय

आदर्श समाज सम्वाददाता
पौष १९, २०८०
yatayat Anchor

पोखरा। यातायात व्यवस्था कार्यालय कास्कीमा देशमै पहिलो पटक सवारीसाधनको डिजिटलाइजेसन (विद्युुतीय अभिलेखीकरण) गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सेवाप्रवाह सुधारका लागि यातायात कार्यालयहरुलाई फाइल र ढड्डामुक्त बनाउने लक्ष्यसहित कास्कीबाट यसको सुरुआत गरेको छ ।

सफ्टवेयर विकास गरेर यातायात कार्यालयमा सरुआतमा परीक्षणका रुपमा डिजिटलाइजेसन गरिएको हो । डिजिटलाइजेसनपछि फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम र कार्यालय व्यवस्थित बनेको छ । गण्डकीमा यातायात मन्त्रालयले सुरु गरेको डिजिटलाइजेसन लगायत अन्य सुधारका कार्यमा मंगलवार वागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको टोलीले पोखरामा जानकारी लिएको छ ।

यातायातमन्त्री लक्ष्मण लम्साल, मन्त्रालयका सचिव बलराम निरौला, यातायात महाशाखा तथा यातायात कार्यालयका प्रमुखहरुसहितको टोलीले गण्डकीमा यातायात क्षेत्रको सुधारका लागि चालिएका कदमबारे जानकारी लिएको हो ।

गण्डकीको यातायात मन्त्रालयले यातायात कार्यालयहरुका सेवालाई डिजिटलाइज गर्ने, सवारी कर अनलाइनबाट नै भुक्तानीको व्यवस्था, यातायात कार्यालयहरु बिहान ८ बजेदेखि सञ्चालन तथा पोखरा महानगरमा मिटरमा ट्याक्सीलाई अनिवार्य गर्ने लगायतका सुधारका काम यातायात क्षेत्रमा थालेको जानकारी दियो ।

मन्त्रालयको भएको छलफलमा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालयहरुको सेवाप्रवाह सुधारका लागि गरिएका कामबारे जानकारी गराए । उनले प्रदेशमा परीक्षणका रुपमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका पुराना सबै फाइल र ढड्डा विस्थापित गरी डिजिटलाइज गरिएको र यसबाट सेवाग्राहीले झन्झटरहित छिटो सेवा पाएको बताए । सवारीसाधनको विवरणलाई विद्युतीय अभिलेख राख्ने कार्यलाई प्रदेशका अन्य जिल्लामा समेत बिस्तारको योजना रहेको मन्त्री जुग्जालीले जानकारी दिए ।

यातायात क्षेत्र सुधारका विषयमा गण्डकी र वागमतीका मन्त्रीबीच छलफल

‘ठूलो संख्यामा रहेका ढड्डा र फाइलका कारण चाहिएको बेलामा फेला पार्न नसकिने, च्यातिने तथा हराउने समस्या थियो । अहिले सबै फाइल स्क्यानिङ गरी कम्प्युटरमा राख्ने काम कास्कीको यातायात कार्यालयबाट थालनी गरेका छौं,’ मन्त्री जुग्जालीले भने, ‘यसबाट कार्यालयको सेवा छिटो र चुस्त भएको छ । सेवाग्राहीको समय समेत बचत भएको छ ।’

छलफलमा यातायात क्षेत्रको सुधारका लागि दुई प्रदेशले संयुक्त रुपमा गर्न सकिने कामबारे समेत छलफल भयो । वागमतीका यातायातमन्त्री लम्सालले यातायातका फाइल डिजिटलाइज गर्ने कार्यलाई वागमतीले समेत प्राथमिकतामा राखेको बताए । गण्डकीको अनुभव र यसका लागि गरिएका प्रक्रियालाई अनुसरण गरी आफ्नो प्रदेशमा कार्यान्वयन गर्ने योजना रहेको उनले सुनाए ।

वागमतीको टोलीले कास्कीको यातायात व्यवस्था कार्यालय सवारी र सवारीचालक अनुमतिपत्र दुवै कार्यालय, ट्रायल सेन्टर लगायतको अवलोकन गरी जानकारी पनि लियो । सो अवसरमा यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले यातायातका फाइल डिजिटलाइज प्रक्रियाका बारेमा जानकारी गराए । फाइल डिजिटलाइज गरेपछि सेवा प्रवाहमा समेत सहज भएको उनले सुनाए । ‘फाइल, ढड्डा खोज्ने झन्झटको अन्त्यसँगै हराउने, नासिने, कुहिनेबाट समेत जोगिएका छन् । कार्यालयबाट प्रवाह हुने सेवा सजिलो र छिटो भएको छ,’ रिज्यालले भने ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना

    आदर्श समाज सम्वाददाता कार्तिक १५, २०८१
    पोखरा । गण्डकी प्रदेशका सबैजसो मन्त्रीहरु धनी देखिन्छन् । उनीहरुले ठाउँठाउँमा घरजग्गा तथा अथाह गरगहना जोडेका छन् । मन्त्रीहरुको सार्वजनिक…
  • तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । नेपालीको दोस्रो ठूलो चाड शुभदीपावली अवसरमा पाल्पाली समाज पोखराले देउसीभैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बुधबार…
  • तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार सम्बन्धमा व्यक्तिको मुख हेरेरभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुने स्पष्ट पारेका छन्…
  • हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई संघर्षशील सामाजिक पुरस्कार प्रदान गरिने भएको छ । अम्बिका–भागवत् फाउण्डेसन नेपालद्वारा हरेक…
  • किसानलाई निःशुल्क आलुको बीउ

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित महिला साना किसान कृषि सहकारी संस्था लि.ले उत्कृष्ट किसान छनोट गरी निःशुल्क आलुको बीउ उपलब्ध गराएको…

hero news full width

मुख्य समाचार