कानून मान्दिनँ भन्न पाइनँ: एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०८१
ishwor pokhre chiyapan

सम्बोधन गर्दै नेता पोखरेल । तस्बिरः धनबहादुर गुरुङ

पोखरा, १० कात्तिक । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता र भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्ति जुनसुकै तहमा भए पनि छुट नपाउने स्पष्ट पारेका छन् ।

एमाले कास्कीले दशैँतिहारलगायत चाडपर्व अवसरमा शनिबार पोखरा सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान समारोहमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन् ।

रवि लामिछाने यतिखेर कास्की हिरासतमा रहँदा उनले त्यता इंगित गर्दै भने, ‘विधिसम्मत्, प्रक्रियासम्मत् र कानुनसम्मत् ढंगले त्यसको छिनोफानो हुनुपर्छ । मान्दिनँ भनेर अघि बढ्यो भने हामीहरुलाई कुनै पनि हालतमा मञ्जुर छैन । स्वीकार्य छैन ।’

उनले कोही पनि व्यक्ति बेथिति, अनियमिता, भ्रष्टाचारमा संलग्न भए सजायको भागीदार हुनैपर्ने कुरा सम्बोधनक्रममा पटक–पटक दोहो¥याए । देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकाले त्यो किःमार्थ स्वीकार्य नहुने बताए । उनले कानून मान्दिनँ भन्न पाइन्न भने ।

मुलुकको विकास र समृद्धिका लागि पुराना दलले कमजोरीका कारण नयाँ दल आवश्यकता हो भने यसको समाधान लोकतान्त्रिक विधिमात्र भएको स्पष्ट पारे ।

उनले शान्तिप्रक्रियाका काम विगतमा केही अड्किएकोमा केपी ओली शर्मा नेतृत्वको सरकारले अघि बढाएको दाबी गरे ।

कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्यद्वय किरण गुरुङ र खगराज अधिकारी, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले शुभकामना मन्तव्य दिए ।

जसमा एमालेसहित विभिन्न दलका नेता, कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति थियो । एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दर्शन लामाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग