पोखरा । पोखरा–१८, सराङकोटस्थित महिला साना किसान कृषि सहकारी संस्था लि.ले उत्कृष्ट किसान छनोट गरी निःशुल्क आलुको बीउ उपलब्ध गराएको छ ।
पोखरा १८ र २४ कार्यक्षेत्र रहेको संस्थाले आफ्ना शेयर सदस्य २ हजार दुई सय ५ मध्येबाट उत्कृष्ट छनोट गरी ५१ जनालाई पुरस्कार स्वरुप निःशुल्क बीउ आलु उपलब्ध गराएको हो । त्यस अवसरमा ५० किलोका दरले एमएस् ४२ जातको आलु प्रदान गरिएको हो ।
वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले संस्थाले महत्वपूर्ण कार्य गरेको र त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले पर्यटनसँगै कृषिको विकासमा वडा चनाखो रहेको सुनाउँदै किसान व्यवसायमुखी बन्नुपर्ने धारणा राखे ।
पोखरा २४ की वडा सदस्य सरस्वती त्रिपाठीले संस्थाको कार्य अनुकरणीय रहेको जनाउँदै कृषिमार्फत समृद्धि हासिल गर्न सकिने औँल्याइन् ।
त्यस अवसरमा संस्था अध्यक्ष हरिमाया गौतम, निवर्तमान् अध्यक्ष भोजकुमारी थापा, उपाध्यक्ष शारदा गिरीलगायतले धारणा राख्दै उत्पादनमूलक क्षेत्रमा गरिएको लगानी फलदायी बन्ने विश्वास लिए । संस्थाले शेयर सदस्यको आर्थिक विकासका लागि हरेक वर्षजसो विभिन्न विधामा कार्य गर्दै आएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१