लेखनाथ । लेखनाथमा १२ दिनसम्म चलेको १९ औं संस्करणको लेखनाथ महोत्सव सवा ३ लाख दर्शक भित्राउँदै साढे ९ करोडको कारोबार गरी सम्पन्न भएको छ । गत ५ पुसदेखि सुरु महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरे ।
लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ मूलनाराका साथ भएको महोत्सवको अन्तिम दिन २० हजार दर्शक आए । अघिल्लो दिनसम्म ३ लाख दर्शक भित्रिसकेका थिए । अंग्रेजी नयाँ वर्षको दिन पनि परेकोले दर्शक अन्तिम दिन पनि अपेक्षाभन्दा बढी आएको आयोजकको भनाइ छ । सोमबार नै १ करोड भन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिनसम्म ८ करोड ५० लाखको कारोबार भएको थियो । प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शक भित्रिएको र कारोबार भएको बताए ।
समापनमा मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिए । उनले पोखरा आफैंमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी बनाउनुपर्ने बताएका थिए ।
रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले मेलाले क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव १९ औं संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जातजाति, आमा/महिला समूह र समग्रमा सम्पूर्ण लेखनाथवासीको एकताका कारण उक्त सफलता सम्भव भएको बताए ।
महोत्सवमा निर्माण गरिएको थ्रिडी आर्टसहितको कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघरको नमुना विशेष आर्कषणको केन्द्र बनेको थियो । रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहको झाँकीर्याली तथा भेषभूषा प्रदर्शनी, ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारको दैनिक प्रस्तुति थियो । कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट लगायत आर्कषण रहे ।
बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ वेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तु प्रवद्र्धनका लागि कोसेलीघर निर्माणमा खर्चिने जनाइएको छ । संघद्वारा वेगनासतालमा निर्मित लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वमा खर्चिने संघ अध्यक्ष विनोद श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान
तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार
किसानलाई निःशुल्क आलुको बीउ
hero news full width
मुख्य समाचार
साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
छानाभरि झिलिङ्गा
कार्तिक १४, २०८१नेपाल–बंगलादेश फाइनल आज
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१राइजिङ पोखरा क्रिकेट च्याम्पियन
कार्तिक १२, २०८१‘जोसुकै भए पनि छुट दिनु हुँदैन’
कार्तिक १२, २०८१