प्रदेशस्तरीय सातौं लमजुङ महोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
festival lamjung~main

लमजुङ । गण्डकी प्रदेशस्तरीय सातौं लमजुङ महोत्सव–२०७८ तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक लमजुङ महोत्सवले पत्रकार सम्मेलनको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

बेंशीसहर–७, सहजी खेल मैदानमा हुने १० दिवसीय महोत्सव चैत २५ देखि बैशाख ४ सम्म चल्नेछ । महोत्सवका लागि आवश्यक स्टल निर्माण सम्पन्न भइसकेको र आधाभन्दा बढी बुकिङ भएको आयोजकले जनायो । महोत्सवमा कुल १ सय ७० वटा स्टल निर्माण गरिएका छन् । त्यसमध्ये २० स्टल प्रवद्र्धनात्मक प्रयोजनका निम्ति निशुल्क प्रयोग गरिने बाँकी १ सय ५० व्यावसायिक स्टल राखिएको महोत्सवका सचिव प्रदीप बस्नेतले बताए ।

लमजुङ कोभिड–१९ बाट सुरक्षित रहेको छ भन्ने सन्देश दिई जतिसक्दो बढी मात्रामा पर्यटक भित्र्याउने महोत्सवको उद्देश्य रहेको महोत्सव मूलआयोजक समितिका संयोजक एवम् लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी हो ।

महोत्सव अवधिभर क्यान लमजुङको सहयोग र समन्वयमा फ्रि वाईफाईको व्यवस्था गरिने भएको महोत्सवका प्रवक्ता एवं आयोजक संस्थाका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरेले बताए । महोत्सवमा राष्ट्रिय कलाकारका साथमा स्थानीय र नवप्रतिभाको प्रस्तुतिको तयारी छ । जिल्लामा रहेका विभिन्न जात तथा समुदायको सांस्कृतिक प्रस्तुति, विभिन्न विद्यालयहरुबाट सांस्कृतिक प्रस्तुति एवं बालउद्यान रहने गरी समन्वय गरिएको पनि प्रवक्ता घिमिरेले बताए ।

चैत २५ देखि सुरु हुने महोत्सवमा १ सय ७० स्टल रहने छन्

महोत्सवको मुख्य आकर्षकमा कार्यशाला गोष्ठी रहेको र यो वर्ष ‘ऐतिहासिक गाउँशहर दरबार, लमजुङ कालिका मन्दिरको पर्यटन प्रवद्र्धन गर्ने’ तयारी भएको छ ।

चैत २८ मा पर्यटनविद्, इतिहासविद्को विशेष उपस्थितिमा गाउँसहर दरबार तथा कालिका मन्दिर परिसरमै कार्यशाला गोष्ठीको तयारी भएको प्रचार समिति सहसंयोजक सन्देश पौडेलले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धनका सन्दर्भमा मध्यमस्र्याङ्दी जलविद्युत अयोजनाको जलाशयमा बोटिङ गर्ने, जिल्लाका विभिन्न होमस्टेमा पाहुनाहरू पठाउने गरी समन्वय तथा तयारी गरिएको छ ।

महोत्सवको टिकट बिक्रीबाट उठ्ने रकममध्ये १० रुपैयाँ सामाजिक कामका लागि छुट्याइने र त्यसमध्ये प्रतिटिकट २ रुपैयाँ पत्रकार महासंघको जिल्ला शाखाको भवन निर्माणका लागि दिइने आयोजकले जनायो । महोत्सव उद्घाटन गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width