रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७८
tennis~

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।
३५ वर्षमाथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरी २ इभेन्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि सिनियरतर्फको प्रतिस्पर्धा सुरु हुनेछ । नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फको मुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ । प्रतियोगितामा खुला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
डबल्सतर्फ विजेताले १० हजार तथा उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । फागुन १४ सम्म चल्ने प्रतियोगिताका लागि आयोजक संघले शक्ति शर्मालाई टुर्नामेन्ट डाइरेक्टरमा चयन गरेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । खेलकुदमार्फत पर्यटन प्रवद्र्धनका लागि टेनिसलाई सहयोग गरेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width