पोखरा, ७ वैशाख । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) केन्द्रले विश्वव्यापी कोरोना संक्रमण पछि पनि पदयात्रा व्यवासयलाई कसरी निरन्तरता प्रदान गर्न सकिन्छ भन्ने विषयमा आफ्ना सदस्यसँग सुझाव माग गरेको छ ।
टानका केन्द्रिय अध्यक्ष खुमबहादुर सुवेदीको नामबाट टानले हालै जारी गरेका विज्ञप्तिमा हाम्रो व्यवसायमा रहेको चुनौति सामना गर्ने भोलिका दिनमा के कसरी अगाढी बढ्न सकिन्छ ? हाम्रो उपस्थितिलाइ अनिवार्य र मजबुत बनाउन के कसरी सकिन्छ ? सो सम्वन्धमा कुनै राय तथा एजेण्डा संस्थाको ईमेलमा उपलब्ध गराइ सहयोग गर्नु हुन अनुरोध गर्दछु भनिएको छ ।
विज्ञप्तिमा महामारीको रुपमा रहेको कोरोना भाइरसको कारण नेपालको पर्वतीय पर्यटन ब्यबसाय धरासयी भएको उल्लेख गरिएको छ । व्यवसायको यो विषम परिस्थितिको सामना गर्न संस्थाले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न कुनै कसर बांकी नराखेको पनि अध्यक्ष सुवेदीले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा थप भनिएको छ– सबै सदस्यहरुको साथ र समर्थनबाट नै समाधानमा पाइलाहरु गन्तव्यको यथेष्ट पथ तर्फ अग्रसर हुने नै छ । संस्थाद्वारा गरिएका पहलकदमिहरुले आजको भोलि नै प्रतिफल नदेखिएला तर केही समय पश्चात् अवश्य देखिने छ जुन गर्व गर्न लायक हुने छ । संस्थाको नेतृत्व लिएका हिसावले हामीले पर्यटन पदयात्रा व्यवसायको संरक्षणमा गर्नुपर्ने कर्तव्य बमोजिम आवश्यक बिभाग, मन्त्रालय र मन्त्री तथा सम्वद्द संघ संस्था संग गर्नु पर्ने र भन्नुपर्ने कामकुरा गर्न कुनै कसर बांकी राखेको छैन । मित्रहरु व्यवसायमा म र अरु, सानो ठूलो हैन बौद्धिक बिचारको एकबद्दताले नै हाम्रो व्यवसाय र व्यबसायीको संरक्षण तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै सरकारी संरक्षणको अपेक्षा गर्न सकिन्छ ।
यसैगरी पर्यटनसंग आबद्ध मजदूरहरुले यो कठिन परिस्थितिमा भोग्नुपरेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ र कसरी रोजगारी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा पनि सरोकारवाला निकायहरुसंग छलफल भएको टानले जनाएको छ । नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गरी व्यवसाय र व्यबसायीको संरक्षण, मजदूरहरुको हितको लागि सो कोषको प्रभावकारी उपयोग गर्न सरोकारवाला निकायहरुसंग बारम्बार अनुरोध गरिरहेको पनि टानले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
दूतराजको प्रस्तुतिमा झुमे दर्शक
प्याब्सन कास्कीमा षडानन्द गौतम
hero news full width
मुख्य समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
पौष २८, २०८१प्रेस सेन्टर कास्कीमा दीननाथ
पौष २७, २०८१कोन सहकारी अध्यक्षमा सिग्देल
पौष २७, २०८१