यस ब्रह्माण्डमा रहेका सजीव र निर्जीव सबै प्राणी र वस्तुको पहिचान उनीहरूको नामबाट हुन्छ। प्राणीमा चेतना र ज्ञानको सर्वश्रेष्ठ धनी मानिने हामी मानिसको पहिचान पनि नामबाटै हुन्छ तर सभ्यता, विकास र परिवर्तनसँग अगाडि बढ्दै जानेक्रममा मानव जाति र उनीहरूको समुदायको पहिचान, भाषा र संस्कार संस्कृतिबाट छुट्टदिै आएको छ।
शीर्षकमा भएको ‘घाँटु नाचको चर्चा गर्नुपर्दा यो नाच गण्डकी अञ्चलमा बसोबास गर्दै आएको केही मगर, दुरा र अधिकांश तमु जातिले नाच्दै आएको एक लोकनृत्य हो। यसलाई गुरुङ जातिले आफ्नो प्राचीन इतिहास बोकेको संस्कृति नाच ठान्दछ। तर ‘घाँटु नाचमा गाउने गीत भने गुरुङ भाषामा छैन र आफ्नो जातीय इतिहास झल्काउने कुनै कथा पनि छैन। घाँटुमा गाउने गीतको भाषालाई राम्रो अध्ययन र अनुसन्धान गरेर इतिहास खोज्यो भने सुदूर पश्चिमाञ्चल र भित्री मधेसमा बस्ने भोजपुरी र थारु जातिको धेरै पुरानो हिन्दू संस्कृति नाच देखिन्छ। किनभने ‘घाँटु नाचमा गाउने सबै गीतहरू बिहारी, भोजपुरी र थारु भाषामा गाएको पाइन्छ।
‘घाँटु गीतको भाषा सुन्दा ‘घाँटु नाच थालनी भोजपुरी र थारु जातिले नै सुरु गरेको हुनुपर्छ। ‘घाँटु गीत सुरु गर्दा ‘होरे – बाँधोरे – ये – मुख्यजीके – अगनीमाँ’ भनेर गाइन्छ। यो भाषा मगर, दुरा र गुरुङ कसैकेा पनि होइन। गुरुङ भाषामा मुख्यलाई ‘क्रहो’ र अगनीलाई ‘यु भनिन्छ। ‘घाँटु स्थापना गर्दा पहिला ‘घाँटु नाचिसकेको अनुभवी दिदीहरू र ‘घाँटु गीत गाउने गुरुहरूबाट रजश्वला नभएकी दुर्इ कन्या युवतीलाई नचाउने अथवा सिकाउने प्रचलन छ। हिजोआज कुसुण्ड ‘घाँटु कमै नाच्छन् कारण यो ‘घाँटु नाच्नुको लागि धेरै लामो सुत्र भएको तन्त्रमन्त्रसहितको गीत गाउनु पर्छ र गीतको साथमा मादलको ताल राम्ररी बजाउन सक्नुपर्छ। अन्यथा घाँटुनीहरू बेहोश भएर ढल्न सक्छन।
‘घाँटु बिहारी, भोजपुरी र थारु भाषामा गाइन्छ भनेर माथि उल्लेख भइसकेको छ। लामो गीतको कथा भएकोले यसको महत्व, इतिहास र पात्रहरूको भूमिका धेरै अध्यायहरूमा विभाजन गरेर गाएको पाइन्छ। गीत गाउँदै जाने क्रममा ‘लिपन होरे – मालिरो गाइको – गोबारैले – हरे – सतैरो – जमुनाकी पानीले’ भनिसकेपछि घाँटुनीको आत्मभित्र देवी-देवता प्रवेश भएको भन्ने जनविश्वास छ र घाँटु गीत गाउने गुरुहरूले घाँटुनीलाई ‘कहा से आयी रानी’ भनेर सोध्छ अनि उत्तरमा घाँटुनीले, ‘पाल्पा से आयी’ भन्छिन्। यहाँ विचारणीय कुरा के छ भने ‘घाँटु साँच्चै, गुरुङ जातिको प्राचिन संस्कृति नाच हो भने ‘घाँटु गुरुहरूले गुरुङ भाषामा ‘क्यो खनाई क्या खलो’ भनेर सोध्नुपर्ने र उत्तरमा घाँटुनीले आफ्नो पुख्यौर्ली थलो ‘क्होलाई क्या युब/खब’ भन्नुपर्ने हो। गुरुङ जातिले १५/१६ सय बर्ष अघि ‘कहाँ से आयी रानी, पाल्पा से आयी’ भन्ने भाषा बोल्न जानेको थियो होला र – त्यसकारण गुरुङ जातिले ‘घाँटु हाम्रो संस्कृति नाच हो भन्नु हिन्दी र अंग्रेजी भाषामा गीत गाएर नाचेकोलाई हाम्रो मौलिकता झल्काउने नेपाली लोक संस्कृति नाच हो भनेर जबर्जस्ती जिद्धी गरेको जस्तो देखिन्छ।
घाँटु शब्द कसरी नामाकरण भयो र यसको अर्थ के हो भन्ने बारेमा खासै भरपर्दो र विश्वास लाग्दो आधार केही पनि छैन। गुरुङ भाषामा ‘घाँटु शब्दको अर्थ कतै पनि पाउँदैन। नेपाली शब्दकोषमा हेर्यो भने गुरुङ कन्याहरूले गाउँदै नाच्ने एक प्रकारको लोकनृत्य भनेको छ। कसैले घाँटुली देवीको नामबाट ‘घाँटु नाम रहन गएको भन्छन् र कसैले घैंटोजस्तो आकारमा नाचिराख्ने भएकोले घैंटो नाच भन्दा भन्दै अप्रभंश भएर घाँटु भएको भन्छन।
घाँटु नाचको गीत अथवा कथामा मुख्य पात्रको भूमिका राजा परशुराम र रानी यमावतीले खेलेको छ। माथि नाम उल्लेख भएको राजारानीको छोरा बालकृष्ण नाम गरेको व्यक्ति, माघे श्रीपञ्चमीको राति जन्मेको खुशीयालीमा घाँटु नाचेको देखाएको छ भने, राजा परशुराम वैशाख पूणिर्माको दिन लडाइ“मा वीरगति प्राप्त भएपछि रानी यमावती शोकाकुलमा पर्छे र अन्तमा सती (मरेको) गएको कथा उल्लेख छ।
हिन्दू संस्कारमा दशौं हजार वर्ष अगाडि श्रीमान्को मृत्युसँगै जीवित श्रीमती सती जानु (मर्नु) पर्ने प्रचलन थियो र त्यही संस्कारलाई विस्तारै सुधार गर्दै ल्याउने क्रममा सती प्रथालाई रोकेर विधुवी श्रीमतीले श्रीमान्को मृत्यु हुनसाथ चुरापोते र कपालमा बाँधेको रातो डोरीलाई पतिको लासमाथि चढाएर सती नगइकन विधुवी रूपधारण गर्ने प्रचलन सुरु गर्यो र सो प्रचलन विवाहित हिन्दू नारीहरूमा अहिले पनि कायमै छ।
माथिको हिन्दू संस्कारलाई आधार मानेर गुरुङ जातिको घाँटु नाच्ने अविवाहित घाँटुनीले घाँटु नाच्ने तीन दिनको अवधिभर लगाएको चुरापोते र कपालको रातो डोरी ‘घाँटु नाच सेलाउने अन्तिम दिनमा हिन्दु राजा परशुरामको नाममा बनँएको काल्पनिक समाधि (गुरुङ भाषामा चैंदी) मा चढाएर विधुवी भएको नाटक वा रूपधारण गराउँछे।
यसरी ‘घाँटु को नाममा गुरुङको कन्या छोरी बहिनीलर्ँइ जिउँदै विधुवीको रूपधारण गराउनु साँस्कृतिक, धार्मिक सबै दृष्टिकोणबाट कति उचित, अनुचित छ गुरुङ दाज्यूभाइ, दिदीबहिनीहरूले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
हिन्दू क्षेत्री, ब्राह्मण जातिले सती प्रथा भूलिसकेको छ तर हामी हिन्दु होइनौं भनेर हि“ड्ने केही गुरुङहरूले पुरानो हिन्दू संस्कृतिमा आधारित ‘सती घाँटु नाचलाई गुरुङ जातिको प्राचिन संस्कृति नाच भनी पत्रपत्रिकामा लेख्ने, प्रचार-प्रसार गर्ने र जहिले मन लाग्यो नाच्दै हि“ड्ने गरिरहेको छ।
‘घाँटु गुरुङहरूले लगभग २/३ सय वर्षयताबाट मात्र नाच्दै आएको हो भन्ने मौखिक भनाई सुनिन्छ। यो नाच नेपालको दक्षिणी भेकबाट नाच्दै आउने क्रममा पाल्पा, तनहुँ हुँदै लमजुङ जिल्लाको दुराडा“डामा रहने दुरा जातिले नाचेको देखिन्छ। धेरैपछि लमजुङकै पोंजुको (घनपोखरा) गाउँको गुरुङहरूले यो नाच सिकेको देखिन्छ। यसपछि विस्तारै ‘पोंजुको’ गाउँबाट पैगों, परवी, योचकें, तोदें र चिउली गाउँ हुँदै अधिकांश गण्डकी अञ्चलका गुरुङ गाउँहरूमा ‘घाँटु नाच सिक्ने र नाच्ने प्रचलन बसालेको देखिन्छ।
२/३ सय वर्ष अघि समय अनुकूल गुरुङ जातिमा मनोरञ्जनको लागि संस्कृति नाचहरू नभएकोले बिहारी, भोजपुरी र थारु जातिको भाषामा भएको हिन्दू संस्कृति ‘घाँटु नाच हामी तमु जातिले दुरा जातिबाट सिकेको कुरा माथि नै उल्लेख भइसकेको छ र वर्तमान अवस्थामा गुरुङ जातिले ‘घाँटु नाच धुमधामले नाचिराखेको छ र जसबाट कुनै नोक्सानी सहनु परेको त छैन तर आफ्नो जातीय र इतिहास बिल्कुलै नझल्काउने संस्कृतिलाई हाम्रो (तमु जातिको) पुख्यौर्ली संस्कृति नाच हो भन्नु ठूलो भूल हुनेछ। त्यसकारण ‘घाँटु नाच गुरुङ जातिको ऐतिहासिक संस्कृति नाच हुन सक्छ कि सक्दैन, फैसला गर्ने जिम्मेवारी आदरणीय बुद्धि र विवेकका धनी तमु जातिको हातमा छ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
कार्तिक १४, २०८१छानाभरि झिलिङ्गा
कार्तिक १४, २०८१नेपाल–बंगलादेश फाइनल आज
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१