पितृसत्तात्मक समाजमा महिलाहरु हेपिदै र दबिदै आएका छन्। यो समाजको हरेक निर्णय र प्रक्रियामा केवल पुरुषको मात्र प्रभुत्व रहेको छ महिलालाई यसमा कुनै अधिकार दिइँदैन। आजको २१ औं शताब्दीमा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन। आखिर महिला र पुरुष एक रथका दुर्इ पाङग्रा हुन्। जसरी एक पाङग्राबिना रथ अघि बढ्न सक्दैन, त्यसरी नै महिनाबिना पुरुष र पुरुषबिना महिला अगाडि बढ्न सक्दैनन्। तर बिडम्वना महिला चाहे घरमा, बस्तीमा, टोलमा, समाजमा, विद्यालय, कार्यालयमा जुनसुकै क्षेत्रमा शोषण र दुर्र्व्यवहारबाट अछुतो रहन सकेका छैनन्। दिनानुदिन महिला हिंसा बढिरहेको छ।
महिलाहरु खेलौनाको रुपमा प्रयोग भएका छन्। पुरुषहरु उनीहरुमाथ गिद्देदृष्टि लगाइरहेका छन्।
राम भनाउँदा आदर्श पुरुषहरुले हरेक मिडियामा यही घटनाको अपडेट भइरहेको छ, अखबारका पानाहरु रङगिएका छन्। महिला यौन हिंसाको खबरले आखिर किन मौलाउँदैन यस्ता दानवीय चित्रहरु – कति असुरक्षित छन् महिला दिदीबहिनीहरु – यस्ता हिंसाहरु वर्तमानमा मात्र होइन, परापूर्वकालदेखि उग्ररुपमा चलिरहेको पाइन्छ। इतिहासका विभिन्न कालखण्डमा आफ्नो अस्तित्व धरापमा पारी जिउज्यानसमेत समर्पण गर्न बाध्य छन्।
नेपालमा पनि यौनहिंसा तीव्ररुपमा बढिरहेको छ। एक अध्ययनले नेपालमा एक महिलाको अन्तरालमा ४१ वटा घटना भएको तथ्य निकालेको छ। यही तथ्यबाट स्पष्ट हुन्छ, हाम्रो देशमा महिलाहरुको स्थिति कस्तो छ। अझभित्र दबाइएका र सार्वजनिक नभएका घटनाहरु त अनगिन्ती होलान्। घरमा दाइजो नपाएकी निहुँमा, बिहे गर्न नमानेको निहुँ तथा सानो-सानो विवादमा जस्ता विविध कारणबाट महिला हिंसा भइरहेको छ। त्यही दाइजो नपाएको निहुँमा ढगेनीदेवी र बिहे गर्न नमानेको निहुँमा शिवा हासमीजस्ता अवला नारीहरुले जिउँदै जलिनु पर्यो। कति कहालीलाग्दो घटना हुन्छ, यो समाजमा कतै बाबुले छोरीलाई र शिक्षकले विद्यार्थीलाई बलात्कार गरेको जस्ता दानवीय, त्रुर तथा अमानवीय घटना सभ्य र शिष्ट समाजका लागि सुहाउँदो कुरा होइन। महिला यौनहिंसा दक्षिण एशियामा त झन् यसले विकराल रुप लिइसकेको छ। हाम्रै छिमेकी देश भारतमा पनि २०१२ डिसेम्बर १६ मा गुडिरहेको गाडीमा एक महिला सामूहिक बलात्कारमा परिन् उपचारको क्रममा उनको निधन भयो। यस घटनाले पुरै भारत स्तब्ध भयो। सडकदेखि सदनसम्म यस घटनाले तहलका मच्चायो र आन्दोलनकारीले आरोपीलाई मृत्युदण्डको सजायँ दिनुपर्ने माग राखे जुन जायज छ। बलात्कारकाण्ड एकपछि अर्को बढ्दै गइरह्यो। एक गाउँमा घुम्न गएकी एक स्वीस महिला माथि पनि सामूहिक बलात्कार भयो। यस घटनाले झन् भारतको अन्तर्राष्ट्रियरुपमा बेइज्जत भयो। आखिर नारी भनेका सिर्जनाका प्रतिक हुन् ममताकी खानी हुन्। नारीलाई अवसर दिने हो भने जे पनि गर्न सक्छन्। यो पुरुषप्रधान अन्धोसमाजमा नारीमाथि हेर्ने संकुचित दृष्टिकोणमा परिवर्तन हुन जरुरी छ। महिलालाई खेलौना र भोग्याको साधन ठान्ने पुरुष वास्तवमा काँतर हुन् मानव होइन दानव हुन्। नेपालमा लगातार महिला हिंसाले उग्ररुप लिंदा पनि महिला हकअधिकारको निम्ति लड्ने संघसंस्थाहरु कानमा तेल हालेर बस्नु कदापि उचित होइन। तिनै महिलाहरु अहिले राज्यका हरेक निकायमा पनि छन्। नेता छन्। मन्त्री पनि भए। तर, भाषणमा मात्र महिला हकअधिकारको रटान लगाउने तर देशमा महिलामाथि हुने हिंसाले महामारीको रुपमा लिंदा पनि चुप लागेर बस्नु तथा अपराधीलाई कानुनको कठघरामा ल्याउन नसक्नु। पश्चिमी संस्कृतिको बढ्दो होडबाजी, महिलाको असभ्य पहिरन र अश्लीलमुखी चलचित्रको प्रतिस्पर्धाका आदि कारणले गर्दा महिला यौनहिंसाले आकाश छोएको छ।
आममहिलाहरु त्रसित छन् एक्लै हिंड्न सक्ने अवस्थामा पनि छैनन्। किनकी जतासुकै दानवरुपी नजर गडिरहेको हुन्छ। तिनीहरुको इज्जत र अस्मितामाथि दाग लगाउँदा पनि किन टुलुटुलु हेरेर बस्छ यो कानुन। प्रशासन खै किन तात्दैन, ती अधिकारकर्मीहरु र ती राज्यका रक्षक भनाउँदाहरु उदयपुरकी एक महिला आफ्नै देवर पर्ने व्यक्तिबाट बलात्कृत भइ उजुर दिन जाँदा पनि उल्टै प्रहरीबाट बलात्कृत भइन् आखिर रक्षक भनाउँदाहरु त उल्टै भक्षक हुन्छन् भने कसको के लाग्छ। हाम्रो समाज मूलतः परम्परागत रुढी मान्यताले ग्रस्त छ। समाजमा नारीलाई तल्लो वर्गको रुपमा लिदै तिनीहरुलाई विविध किसिमले शोषण गर्ने प्रचलन यो आधुनिक युगमा पनि बढ्दो रुपमा छ। अरु बालविवाहका शिकार भएका विधवा नारीहरुलाई पशुसरह व्यवहार गर्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ।
अतः महिलाहरु यो पुरुषप्रधान समाजको दानवीय प्रवृत्तिको व्रि्रोह गर्नु जरुरी छ। पुरुषको शोषणको सिकार नभई सामाजिक शोषण र अपमानका बिरुद्ध चुनौती दिदै नारीहरु आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्छ। महिला हकअधिकारको निम्ति लड्ने ती अधिकारकर्मी सामाजिक अभियन्ता तथा शिक्षित र सभ्य वर्गहरु यस्ता कुकार्यको विरुद्ध एकजुट भई जरा गाडेर बसिरहेको महिला हिंसालाई जरैदेखि उखेलेर स्वच्छ समुन्नत र महिला हिसांमुक्त समाजको निर्माण गर्नु अहिलेको तत्कालिन आवश्यकता हो।
यस्ता घटनाहरुको अन्त्यको निम्ति विभिन्न सचेतना कार्यक्रम, गोष्ठी, सेमिनार, साक्षरता कार्यक्रमलाई अझ सुदृढ बनाइ र अपराधीलाई कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्दछ। तबमात्र यस्ता घटनाहरु रोकिन सक्छन्।
(ओरष्टे, स्याङ्जा हाल : गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा)
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
कार्तिक १४, २०८१छानाभरि झिलिङ्गा
कार्तिक १४, २०८१नेपाल–बंगलादेश फाइनल आज
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१