रजत महोत्सव मनाउँदै सडक महोत्सव

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
reban

पोखरा । पोखरा सडक महोत्सव आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण महोत्सव बन्ने गरेको छ । अंग्रेजी नयाँ वर्ष अवसरमा एकै मिति र समयमा फेवाताल किनारमा हुँदै आएको यो महोत्सवले यसपालि रजत महोत्सवको रुपमा मनाउँदैछ ।

आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले यही १२ देखि १६ पुससम्म लेकसाइडको तीन किलोमिटर क्षेत्रफलमा २५ औं सडक पोखरा सडक महोत्सव गर्दैछ । करिब ५ लाख पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवलाई भव्य बनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनायोे । महोत्सवमा विभिन्न २५ थरिका खाना परिकार उपलब्ध गराइँदैछ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहक विभिन्न परिकार चखाउने छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले २०१९ मा १२ लाख पर्यटक भित्रिएकोमा सन् २०२३ मा साढे ९ लाख बढी भित्रिसकेकोले यस वर्ष पर्यटनमा सुधार हुँदै आएको बताए । उनले पोखरा सडक महोत्सवले पर्यटन भित्राउने महत्वपूर्ण टेवा मिल्ने बताउँछन् ।

रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्यदेखि हस्तकलाका सामग्रीलाई निशुल्क स्टल उपलब्ध गराइएको बताए । साथै कलासंस्कृतिको संरक्षणका लागि विभिन्न झाँकी, भेषभूषा, गीतसंगीतलाई उच्च प्रथामिकता दिइएको उनले बताए ।

५ दिनसम्म चल्ने महोत्सवमा ५ लाख पर्यटक भित्राउने लक्ष्य

संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले महोत्सवबाट पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरे ।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शनी, कन्सर्ट, बोट रेस, वेटर रे, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटक, पर्यटनबारे टस शो, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, बनस्पतीको प्रदर्शनी, चित्रकला, मःमः ससेज खाने प्रतियोगिता लगायत छन् ।

महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ । गोर्खा बु्रअरी महोत्सवको मुख्य प्रायोजक हो ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले विगतमा केही वर्ष कोरोनाले प्रभाव पारे पनि अहिले बिस्तारै सुध्रिँदै गएको बताए । उनले पोखरामा यसपालि दसैं तिहारको पर्यटन केही चलायमान बनेको र यसलाई कायम राख्न सबै जना लाग्नुपर्ने बताए । त्यसो त पर्यटनको राजधानी घोषणाको तयारी हुँदै गरेको पोखरामा क्रिसमसदेखि नै अंग्रेजी नयाँ वर्ष २०२४ को रौनक सुरु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना

    आदर्श समाज सम्वाददाता कार्तिक १५, २०८१
    पोखरा । गण्डकी प्रदेशका सबैजसो मन्त्रीहरु धनी देखिन्छन् । उनीहरुले ठाउँठाउँमा घरजग्गा तथा अथाह गरगहना जोडेका छन् । मन्त्रीहरुको सार्वजनिक…
  • तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । नेपालीको दोस्रो ठूलो चाड शुभदीपावली अवसरमा पाल्पाली समाज पोखराले देउसीभैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बुधबार…
  • तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार सम्बन्धमा व्यक्तिको मुख हेरेरभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुने स्पष्ट पारेका छन्…
  • हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई संघर्षशील सामाजिक पुरस्कार प्रदान गरिने भएको छ । अम्बिका–भागवत् फाउण्डेसन नेपालद्वारा हरेक…
  • किसानलाई निःशुल्क आलुको बीउ

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित महिला साना किसान कृषि सहकारी संस्था लि.ले उत्कृष्ट किसान छनोट गरी निःशुल्क आलुको बीउ उपलब्ध गराएको…

hero news full width

मुख्य समाचार