पोखरा । नवज्याति सनत दुर्गा आधारभूत विद्यालय पोखरा ३०, आपडाँडाले ३२ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
समारोहमा वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले वडाले शिक्षा क्षेत्रलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद सुवेदी, विद्यालयका भवन निर्माणकर्ता पोखरा ८, सिमलचौर निवासी सनतकुमार श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठ, पोखरा महानगर कार्यपालिका सदस्य भीमकुमारी पुन, पोखरा ३० का जनप्रतिनिधि उमा परियार, विनोदप्रसाद लामिछाने, त्रिभुवन शान्ति नमुना माविका व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा संक्रामक तथा सरुवारोग अस्पताल मोहोरियाका अध्यक्ष केदार लामिछाने, विद्यालय व्यवस्थापन समिति सल्लाहकार मित्रलाल सापकोटा, नागरिक परोपकार समन्वय संस्थाका चिरञ्जीवी तिवारी, अमरसिद्ध नमुना माविका प्रअ विष्णुप्रसाद पौडेल, छिमेकी विद्यालय शान्ति आधारभूत विद्यालयका प्रअ अमृता तिवारी, विद्यालयका प्रअ रमा पौडेल लगायतले बोलेका थिए ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीका तालचोकका सचिव कृष्ण तिवारीले विद्यालयलाई खेलकुद सामग्री सहयोग गरे । कार्यक्रम संचालन संस्थापक प्रअ लीलामणी त्रिपाठी र शिक्षिका सञ्जु वञ्जराले गरे ।
Related News
सम्बन्धित समाचार
जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास
अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र
माछापुच्छ्रे क्याम्पसको २०औं साधारणसभा
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
hero news full width
मुख्य समाचार
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
कार्तिक १४, २०८१छानाभरि झिलिङ्गा
कार्तिक १४, २०८१नेपाल–बंगलादेश फाइनल आज
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१