भागरथी हत्या प्रकरणः अभियुक्तको डिएनए ‘म्याच’

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
bhagirathi2

बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जनाइएको छ । दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए ।

उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । भागरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो । दिनेशले पुर्पक्षका लागि सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो । त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।

पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो । जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् ।रासस

Related News

सम्बन्धित समाचार

  • गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना

    आदर्श समाज सम्वाददाता कार्तिक १५, २०८१
    पोखरा । गण्डकी प्रदेशका सबैजसो मन्त्रीहरु धनी देखिन्छन् । उनीहरुले ठाउँठाउँमा घरजग्गा तथा अथाह गरगहना जोडेका छन् । मन्त्रीहरुको सार्वजनिक…
  • तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार सम्बन्धमा व्यक्तिको मुख हेरेरभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुने स्पष्ट पारेका छन्…
  • साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै…
  • छानाभरि झिलिङ्गा

    विजय नेपाल कार्तिक १४, २०८१
    पोखरा । छानाभरि लहरै सुकाइएको झिलिङ्गा । तिहारको बेलामा दाजुभाइलाई टीका लगाएसँगै सगुन पस्किने यी रङ्गीचङ्गी झिलिङ्गा हेर्दा जति आकर्षक…
  • नेपाल–बंगलादेश फाइनल आज

    रासस कार्तिक १४, २०८१
    काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ…

hero news full width