समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले संविधान संशोधन नगरे सरकारमा बसिरहनुको औचित्य नहुने बताएका छन्।
विहीवार कावासोतीमा समाजवादी पार्टी नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले भने, ‘संघीय समाजवादी फोरम सरकारमा सामेल हुँदाको बेलाको सहमति अनुसार यो सरकारले संविधान संशोधन गर्नुपर्छ। यदि गरिँदैन र सहमति अनुसार संशोधन नभए हामी सरकारमा बस्दैनौं। ’ उनले यस विषयमा पार्टीले सरकारसँग एक चरण छलफल गर्ने पनि जानकारी दिए। उनले नेकपा पार्टी कम्युनिष्ट पार्टीकै बद्नाम गर्ने गरी अगाडि बढेको र नेपाली काँग्रेस पतन भइसकेकोले नयाँ वैकल्पिक शक्तिको रुपमा तत्कालीन नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपा बाहेकको शक्तिहरु एक हुन सक्ने फोरमको रुपमा समाजवादी पार्टीलाई अगाडि ल्याएको पनि दाबी गरे।
यसैबीच, विहीवार उपेन्द्र यादवनेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकतापछिको जिल्ला जिल्ला समायोजन कार्यक्रम भएको छ।
कावासोतीमा भएको जिल्ला समायोजन कार्यक्रममा डा बाबुराम भट्टराई, अशोक राई लगायतले शुभकामना तथा प्रशिक्षण दिएका थिए।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१