दृष्टिविहीनको उपचारका लागि अक्षय कोष

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६
d6a8e3c9fce766b7079abdc71e6aa2cf_Fotor

‘मन भए धनको के खाँचो’ भन्ने भनाइलाई सार्थक पार्दै पोखरा ३०, खुँदी निवासी मित्रलाल लामछिानेले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा दृष्टिविहीनको उपचारका लागि १ लाख ५ हजार रुपैयाको अक्षय कोष स्थापना गरेका छन्।

सामान्य बिरामी भएर उपचारका लागि अस्पताल आएका लामिछानेले अस्पतालको सेवाबाट खुसी हुँदै अस्पतालप्रति सामाजिक भावना जगाउने उद्देश्यले अक्षय कोष स्थापना गरेका हुन्। उनले अक्षय कोष रकम अस्पतालका अध्यक्ष मेजर रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए।

उमेरले ८१ वर्ष नाघे पनि सामाजिक कामका लागि अघि सर्ने लामिछानेले आर्थिक अभावका कारण कुनै पनि दृष्टिविहीन उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अक्षय कोष शुरु गरेको बताए।

लामिछानेले प्रदान गरेको अक्षय कोषमा अन्य स्रोतबाट थप रकम व्यवस्था गरी त्यसको ब्याज रकमबाट अस्पतालमा आखाँ उपचारको लागि आउने बिपन्न बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष मेजर रामप्रसाद गुरुङले जानकारी दिएका छन्।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश भट्टराइले अस्पतालमा दिनहुँ बिरामीको चाप बढी रहेको र यस्ता सहयोगबाट अस्पतालमा आउने गरीब बिरामीको उपचारमा सहयोग पुग्ने उल्लेख गरे

महायज्ञबाट संकलित सहयोग रकमबाट २०६० सालमा स्थापना गरिएको अस्पतालले २४ सैं घण्टा मेडिकल अधिकृत सहित विशेषज्ञ सेवा दिइरहेको छ। अस्पतालमा आईसियु, अप्रेशन कक्ष र प्रसूति सेवा संचालनको तयारीमा छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width