गुणस्तरीय पत्रकारिताका लागि बिट पत्रकारिता गर्नुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। एकजना पत्रकारले सबै विषयमा कलम चलाउँदा गुणस्तरीयता कायम हुन नसक्ने भन्दै उनीहरुले बिट पत्रकारिताको आवश्यकता औैल्याएका हुन्।
स्वतन्त्र पत्रकार संघ नेपाल, रुपन्देहीले आयोजना गरेको १० दिने आधारभूत पत्रकारिता तालिम समापनका अवसरमा वक्ताले सो कुरा बताएका हुन्।
स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय अध्यक्ष केवि मसालले पत्रकारिता पेशालाई मर्यादित र प्रभावकारी बनाउन पत्रकारले आफ्नो रोजाइको विषयमा कलम चलाउनुपर्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि मसालले एक व्यक्ति सबै विषयको जानकार हुन कठिन हुने भन्दै ज्ञान र सीप आधारमा बिट समात्न पत्रकारलाई आग्रह गरे। उनले पत्रकारिता पेशामा सिकाइ निरन्तर भइरहने भन्दै अध्यायन गर्ने बानी बसाल्न पनि सुझाव दिए। रेडियो जागरण अध्यक्ष तथा पूर्व सांसद विनोद पहाडीले पत्रकारिता गर्दा आइपर्ने चुनौतीलाई अवसरका रुपमा लिनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष दिनेश पाण्डेले व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको आर्थिक पक्ष पनि सवल रहेको दाबी गरे। पत्रकारिता पेशाले जीवन धान्न सकिन्न भन्ने हल्ला चल्ने गरेको बताउँदै उनले व्यावसायिक र बिट पत्रकारिता गर्ने पत्रकारको आर्थिक पक्ष सवल रहेको दाबी गरेका हुन्।
कार्यक्रममा प्रशिक्षार्थीले तालिमबाट आफूहरुमा पत्रकारिताको भोक जागेको बताए। उनीहरुले प्रत्येक विषयमा उत्कृष्ट प्रशिक्षकको साथमा प्रशिक्षण लिन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए।
समापन समारोहमा स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय उपाध्यक्ष राजेन्द्रजंग रायमाझी, संघको रुपन्देही शाखाका संस्थापक अध्यक्ष बाबुराम गैरे, कृषि पत्रकार समाज प्रदेश ५ अध्यक्ष कृष्ण खनाल, लुम्बिनी टेलिभिजन स्टेशन म्यानेजर भगवती पाण्डे, बुटवल एफएमका झविन्द्र देवकोटा, उल्टो साइकलयात्री पत्रकार वीरेन्द्र पाण्डे, डीआरजी सुमन लगायतले मन्तब्य राखेका थिए।
प्रशिक्षार्थीतर्फवाट विपीन नेपाल र विपना पन्थीले तालिम अवधिभरका अनुभव राखेका थिए।
तालिममा समाचार लेखन, वाचन, रेडियो रिपार्ट, स्टेज उद्घोषण कला लगायत विषयमा प्रशिक्षण दिइएको थियो।
यसैबीच, स्वतन्त्र पत्रकार संघको राष्ट्रिय अधिवेशनबाट विभिन्न पदमा निर्वाचित रुपन्देहीका स्वतन्त्र पत्रकारलाई सम्मानसमेत गरिएको थियो।
तालिम समापनमा संघको राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित राजेन्द्रजंग रायमाझी र केन्द्रिय सदस्यद्वय सीता दर्नाल र विवश विष्ट सम्मानित भएका हुन्।
स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष अनिल पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिलन पंगेनी र स्वागत उपाध्यक्ष चक्रपाणि डुम्रेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९