पोखरा, वैशाख २८ । नेपाली कांग्रेसका यूवा नेता प्रदीप पौडेलले देशमा आर्थिक संमृद्धिको नारा बोकेर हिंडेको केपी ओली नेतृत्वको सरकारको नालायकिपन र ज्यादतीको विरुद्ध नेपाली कांगले हिमाल, पहाड तराईमा जनजागरण अभियान चलाएको बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटले शनिवार कास्कीकोटमा आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदनप्रदान, सम्मान तथा जनजागरण सभामा प्रमुख अतिथि पौडेलले प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस विरुद्ध गालिको जिहाद छेड्दै आत्मसन्तुष्टि लिएको आरोप लगाए । उनले भने ः“ राष्ट्रपति विद्यादेवी भण्डारीलाई “मेरो सरकार” भन्न लगाउने ओलीजीले कांग्रेसले राजा फर्काउन लागेको छ भनेर भाषण गरे, उनलाई कांग्रेसलाई गालि गरेर हिंडेपछि संमृद्धि आउँछ भन्ने लागेको छ ।”
“आफु कसरी सफल हुने, जनताको अपेक्षालाई कसरी पूरा गर्ने भन्ने बाटोमा प्रधानमन्त्री लागेको छैन, कुर्सीमा बसेर कत्तिपनि मर्यादा पालना नगरी तथानाम बुद्धिजीवि, पत्रकार र खेलाडी समेतलाई गाली गर्दै हिड्नुभएको छ, पौडेलले भने ः“यहि कारणले सरकार र सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीका गलत कर्याको विरुद्ध कांग्रेस जनताको माझमा आएको हो ।”
नेता पौडेलले देशमा कुनैपनि परियोजना तोकिएको समयमा पूरा हुन सकेका छैनन्, समयमा काम नगर्ने ठेकेदारलाई कारबाहि गर्छु, सक्नेलाई पुरस्कृत गर्छु भनेर गृहमन्त्रीले भने तर उनले केहि गरेनन अहिले किन चुपचाप बसेको हो ? जवाफ दिनुपर्ने माग पौडेलले गरे ।
नेपाल टेलिकमले फोर जि सेवा दिने भनेर काम शुरु गरेको छ, १८ अरबको लागत लाग्ने टेण्डरमा काम दिएको छ, उही प्रकृतिको काम एनसेलले ६ अरबमा शुरु गर्यो, पौडेलले भने ः“नेपाल टेलिकमको १२ अरब कहाँ गायब भयो ? कमिसन कस्ले खायो ? सरकारले किन भन्न सक्दैन ? भनेर प्रश्न गरे ।
नेता पौडेलले निर्वाचनपछि बनेको सरकारसंग धेरै अपेक्षा थियो तर उल्टो भयो, शान्ति सुरक्षा भएन, भ्रष्टाचार र अनियमितता बढेकोले अन्ततः यस्ले संविधान, व्यवस्थामा मै असर गर्ने र अलोकप्रिय बनाउँछ उनले भने । देशमा केहि नहुनुको कारण संविधान, संघिय व्यवस्था नभई केपी ओली र नेकपाका नेता नालायक हुनुको कारण भएको आरोप लगाए । निर्मला पन्तको हत्यारालाई पक्राउ गरे सरकार नै हल्लिने डरले सरकारले कारबाहि गर्न नसकेको दावी गरे ।
पोखरा वडा नं २४ कास्कीकोटका सभापति प्रतापबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेत्री शारदा पौडेल, डा.यमनाथ तिमिल्सिना, जिल्ला सहसचिव भरतबहादुर अधिकारी, तरुण दल कास्कीका सभापति मनोज गुरुङ लगायतले वोलेका थिए ।
Related News
सम्बन्धित समाचार
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
पत्रकारले पेसागत मर्यादा भल्नु हुँदैन : मुख्यमन्त्री पाण्डे
संसद फर्कने ढाकाकुमारको प्रयास असफल, अन्तरिम आदेश जारी भएन
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०